हङकङ नेपाली महासंघको १४ औं वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

५ फाल्गुन २०६९, शनिबार ०४:१२ मा प्रकाशित

मुक काजी गुरुङ, हङकङ । नेपालबाट आमन्त्रित सी एन एन हिरो-२०१२ पुष्पा बस्नेतको प्रमुख अतिथ्यामा हङकङ नेपाली महासंघको १४ औं वार्षिक उत्सव भब्यताका साथ याउमा तेईस्थित कम्यूनिटी हलमा सम्पन्न भएको छ । हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगरको अध्यक्षतामा सी एन एन हिरो-२०१२ पुष्पा बस्नेतको प्रमुख अतिथ्यामा हङकङ नेपाली महावाणिज्यदूतका कार्यवाहक किरण शाक्य, एन आर एनका अध्यक्ष दुर्गा गुरुङ, आदिवासी जनजातिका अध्यक्ष एमबी थापामगर, चेम्बर्स अफ कमर्सका अध्यक्ष जे एन ज्ञवाली, मिस नेपाल ईन्टरनेशनलकी शुभेक्षा खकाड्, नेपाल बाल सरोकारका प्रमुख विशाल राई, नेपाल चेम्बर्सकै उपाध्यक्ष डासु राम पराजुली, हङकङ नेपाली महासंगकै निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार हेम लिम्बु लगायत महासंघसंग आवद्ध बिभिन्न संघसंस्थाका प्रमुखहरुलाई पनि अतिथ्या प्रदान गरिएको कार्यक्रममा बिभिन्न विधामा योग्दान प्रदान गर्ने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो भने यस बर्ष खेलकुदको क्षेत्रबाट राजु खड्काले हङकङ डलर ५,५०० सहित हङकङ नेपाली महासंघ पदकद्वारा सम्मानित भएका थिए। यसै गरि अन्य विधामा बडीबिल्डिङ तर्फ आपुन के, भिडियो ग्राफर (पत्रकारिता) मा जेपिटी एचके डट कमका कृष्ण गुरुङ, सक्रिय संस्था तर्फ मोना हङकङ, सामाजिक तर्फ हङकङ सरकार बाट सम्मानित अरुणा गुरुङलाई, गीति क्षेत्र तर्फ रोषा लिम्बु, संगीत तर्फ निवाशक्ती मादेन, नृत्यतर्फ श्रीप्रसाद गुरुङ, शिक्षा तर्फ चुडा कुमारी सुब्बा र हङकङ पुलिसबाट असल नागरिकमा सम्मानित निरज राईलाई पनि सम्मान गरिएको थियो। यसैक्रममा हङकङ नेपाली महासंघकै प्रमुख सल्लाहकार हेम लिम्बुलाई सी एन एन हिरो-२०१२ पुष्पा बस्नेतको बाहुलीबाट सल्लाहकारको मेडल प्रदान गरिएको छ भने अन्य सल्लाहकारहरुलाई पनि सो मेडल प्रदान गरिएको थियो। हङकङ नेपाली महासंघका निवर्तमान महासचिव तथा वर्तमान उपाध्यक्ष श्रीमती रिता गुरुङले कार्यक्रमलाई निकै रोचक ढंगले सञ्चालन गरेकी थिइन भने नन्द चङ्सुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। यसै गरि निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार हेम लिम्बुले हामी नेपालीहरु सात समुन्द्रपार भएता पनि आफ्नो संस्कार, संस्कृति तथा परम्पराको जगेर्ना गर्नुपर्नेमा जोडदिंदै हङकङमा रहेका बिभिन्न संघसंस्थाहरुको छाता संगठन नै हङकङ नेपाली महासंघ भएको बताए। यहि छाता संगठनको रुपमा सन १९९८ मा स्थापित यो संस्थाले आज १४ बर्ष पुरा गरेको र हरेक बर्ष हङकङमा रहेर बिभिन्न क्षेत्र तथा विधामा संलग्न ब्यक्तित्वहरुलाई उक्त विधामा आवद्ध साथै आफु र संस्थागत रुपबाट संलग्न भई सामुदायिक बिकासको लागि अगाडि बढ्नुहुने ब्यक्तित्वहरुलाई महासंघको मूल्याङकन समितिले मूल्ल्याङकन गर्दै सम्मान गरिने बताए। यसको लगतै नेपाली महावाणिज्यदूतका कार्यवाहक महावाणिज्यदूत किरण शाक्यले पनि कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै अझ प्रगतिको कामना गरे।

यसैक्रममा प्रमुख अतिथि सी एन एन हिरो-२०१२ पुष्पा बस्नेतले हङकङ नेपाली महासंघको १४ औं वार्षिक उत्सव कार्यक्रममा सरिक हुने सौभाग्य मिलेकोमा हङकङ नेपाली महासंघलाई बिशेष धन्यवाद दिंदै सी एन एन अवार्ड २०१२ जिते पश्चात आफ्नै देश नेपालमा पनि यति ठूलो सम्मान नपाएको बताउंदै हर्षले गदगद भएकी थिईन र आफु सी एन एन हिरो-२०१२ बन्नुको पछाडि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको हात रहेको पनि बताईन।

अन्तमा, अध्यक्ष प्रदीप थापामगरले हङकङ नेपाली महासंघको १४ औं वार्षिक उत्सवको निमन्त्रणालाई सहर्ष स्वीकार गरि नेपालबाट पाल्नु भएका सी एन एन हिरो-२०१२ पुष्पा बस्नेत लगायत हङकङस्थित बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि साथै उपस्थितजनहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाईदिनु भएकोमा धन्यवाद ब्यक्त गरे। यसैगरि सम्मानित ब्यक्तित्वहरुलाई बधाई ब्यक्त गर्दै कार्यक्रमलाई समापन गरेका थिए।

कार्यक्रमलाई स्थानीय कलाकारहरुको नृत्य तथा गीतसंगीतले अझ रोचक बनाएको थियो भने वरिष्ठ गीतसंगीतकार दिनेश सुब्बाद्वारा प्रशिक्षण दिईएका स्कूले छात्राछात्रहरुको सामूहिक गीत गायनले अझ कार्यक्रममा उर्जा थपेको थियो। यसैगरि सी एन एन हिरो-२०१२ पुष्पा बस्नेतसंग फोटो शेसन गर्नेहरुको लहरै लाम लागेको जो-कोहिले पनि देख्न सकिन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको