दम्पति हत्यामा नाती नाता पर्ने पक्राउ

५ फाल्गुन २०६९, शनिबार ०४:०९ मा प्रकाशित

काठमाडौं, ५ फागुन । नाताले हजुरबुबा पर्ने रामेछाप फुलासीका रामबहादुर खड्काको सपत्नी हत्या गर्ने टकबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२७ ज्याठास्थित सुमन मर्हजनको घरमा भाडामा बस्दै आएका नेत्रबहादुरका रुपमासमेत चिनिने ३३ वर्षीय र उनकी पत्नी ३० वर्षीया कल्पना खड्का (कँडेल)को गत माघ २८ गते उनीहरुकै डेरामा हत्या गरिएको थियो । हत्याको प्रकृतिका आधारमा लुटपाट गर्ने योजनाबाट घटना घटाइएको प्रहरीले जनाएको थियो । मृतक दम्पति जमलमा चिया पसल सञ्चालन गर्दथे । 
महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीद्वारा १८ वर्षिय खड्का पक्राउ परेका र हत्यामा संलग्न उनका साथी २० वर्षिय प्रकाश अधिकारी फरार रहेको प्रहरीले जनाएको छ । फरार अभियुक्त अधिकारी राजधानीकै एभरेष्ट कलेजमा प्लसटू पढ्दै गरेका छात्र रहेको पनि बुझिएको छ ।
हत्याराहरुले खड्का दम्पतिको साथमा रहेको नगद ५० हजार रुपैंया, सुनको टप, झुम्का, मुन्द्रा, सिक्रि, ब्रासलेट, तिलहरी लुटेका थिए । उनीहरुले चाँदीको सिक्रि, औठी र मोबाइल समेत लुटेका थिए । लुटिएका सामान र नगद उनीहरुले घटनाको रात नै बाँडफाँड गरेको अनुसन्धानका क्रममा खुल्न आएको थियो । हत्यारा खड्काको साथबाट मोबाइल, १७ हजार रुपैंया, चादीको सिक्रि ब्रासलेट बरामद गरेको छ ।
प्रहरीका अनुसार हत्याराहरु मृतकको पाहुना बनेर गएका थिए । राजधानीमा साईकलमा पानीको जार राखेर होटल, रेष्टुरेन्ट र चिया पसलमा पानी पुर्‍याउने काम गर्दैआएका टकबहादुरलाई मृतक खड्काले नै माया गरेर आफूकहाँ खाना खान बोलाएका थिए । पाहुना लाग्न जानु दुई दिन अघि अभियुक्त खड्का र अधिकारीले कालधारास्थित कोठामा हत्याको योजना बनाएको बुझिएको छ । पाहुना लागेर श्रीमान श्रीमतीले पकाएको भात खाएपछि त्यहिँ सुतेर राती १ बजे उठी उनीहरुले खुकुरी प्रहार गरी दम्पतीको हत्या गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार