खुला सीमानाका कारण लागुऔषधको कारोवार बढेको प्रहरी अधिकारीको भनाई

४ फाल्गुन २०६९, शुक्रबार ०८:५८ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही ४ फागुन । ईलाका प्रहरी कार्यालय बुटवलले लागू औषध दुव्र्यसनविरुद्ध विशेष जनचेतनाअभियान सञ्चालन गरेको छ ।
लागु औषध दुव्र्यसनविरुद्ध प्रहरीअभियान लागु औषध दुव्र्यसनमुक्त स्कूल क्याम्पस भन्ने मूलनाराका साथ ईलाका प्रहरीकार्यालय बुटवलले आफ्नो मातहतमा रहेका प्रहरीइकाईहरुको सहयोगमा यस्तो अभियान सञ्चालन गर्न लागेको हो ।
अभियानको बारेमा प्रकाश पार्दै सरोकारवालाहरुले इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको अभियानलाई सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । उनीहरुले प्रहरीको मात्र एकल प्रयासले लागु औषध दुव्र्यसनलाई रोक्न सम्भव नभएकाले सबैको सहयोग जरुरी रहेको बताए । खुला सीमानाका कारण लागु औषधको कारोवार बढेकाले लागु औषध प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढ्दै गएकाले खुला सीमानाहरुमा निगरानी गर्न प्रहरीलाई उनीहरुले आग्रह पनि गरेका छन् । लागू औषध दुव्र्यसन बिरुद्धजनचेतना अभियानसंगै लागुऔषध कारोवारीलाई कानुनी कारवाही गरी लागु औषधको कोराबारमा न्युनिकरण गर्न पनि उनीहरुको आग्रह छ । कार्यक्रममा बोल्दै लुम्बिनी अञ्चल प्रहरी प्रमुख मिङ्मार लामाले रुपन्देही आएर अपराधको डाटा अध्यायन गर्दा रुपन्देहीको अवस्था विकराल रहेको जानकारी गराउनुभयो । रुपन्देही लागु औषधदुव्र्यसनीका कारण समस्याग्रस्त बनेको अवस्थामा इलाका प्रहरी कार्यालयले सञ्चालन गरेको अभियानको प्रशंसा गर्दै उहाले योअभियान सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो । दुव्र्यसनीबाट जोगाउन अभिभावकहरुले आफ्नावल वालिकालाई र विद्यालयले आफ्ना विद्यार्थीलाई निगरानी राख्नु पर्ने बताउनुभयो । अञ्चल प्रहरी प्रमुख लामाले रुपन्देहीमा पहिलो लागुऔषध,दोस्रो आत्महत्या र तेस्रोसडक दुर्घटनाका कारण ग्रस्तबनेको जिल्लालाई सुधार्न प्रहरीप्रतिवद्व रहेको पनि बताउनुभयो ।
पश्चिम क्षेत्रीय प्रहरी तालिमकेन्द्र बुटवलका समावेशक तथाप्रहरी वरिष्ठ उपरिक्षक कमल सिंहबले युवा तथा विद्यार्थी विभिन्न कारणकाट लागु औषध सेवनको कुलतमा फसी अमुल्य जीवन बर्वादगर्नको साथै अपराधी गतिविधिमा संलग्न भएको भेटिएकालेअभियानलाई सफल पार्नु पर्नेबताउनुभयो ।ईलाका प्रहरी कार्यालयबुटवलका प्रहरी नायव उपरिक्षकराजकुमार बैदवारले बुटवल तथाआसपासका क्षेत्रमा लागू औषधप्रयोगकर्ता दिन प्रतिदिन बढ्दैगएको र समयमै रोक्न नसकेभोलिको समाज दुव्र्यसनीहरुकोसमाज बन्न सक्ने भएकाले यस्तोअभियान सञ्चालन गरिएको बताउनुभयो ।विशेषगरी बिद्यालय तथाकलेजमा पढ्ने विद्यार्थी यस्तोकुलतमा लागेको प्रहरीले आफ्नोअनुसन्धानले देखाएकाल स्थानीयसंघ संस्था, अभिभावक,विद्यालयका शिक्षकहरुको सहयोगप्रहरीलाई चाहिनेछ ।
कार्यक्रममा बुटवलनगरपालिकाका कार्यकारीअधिकृत खिमबहादुर रायमाझी,बुटवल उद्योग बाणिज्य संघकाअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, लगायतले सहयोगको प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री