देशको राजनीतिक उपचार देशभित्रै गर्नुपर्छ: एमाले अध्यक्ष झलनाथ खनाल

१७ चैत्र २०६८, शुक्रबार २२:०९ मा प्रकाशित

काठमाडौ, १७ चैत । नयाँदिल्लीमा स्वास्थ्य उपचार सकेर शुक्रबार स्वदेश फर्किएका एमाले अध्यक्ष झलनाथ खनालले देशको राजनीतिक समस्याको समाधान विदेशमा होइन देशभित्रै खोजिनु पर्ने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मिहरुसँग कुरा गर्दै अध्यक्ष खनालले आफूले नयाँदिल्लीमा कुनै राजनीतिक भेटघाट नगरेको दावी गरे । खनालले संचारकर्मिहरुसँग भने,’देशको राजनीतिक उपचार विदेशमा होइन, देशभित्रै गर्नुपर्छ’ ।

खनालले संचारकर्मिहरुसँग शान्ति र संविधान लेख्ने कार्य जेठ १४ भित्रै टुङ्गिने विश्वास व्यक्त गरे । उनले आफूलाई चिकित्सकले धेरै दौडधुप नगर्न सल्लाह दिए पनि शान्ति र संविधान लेखनका छलफल र बैठकहरूमा नियमितरुपमै लागिपर्ने बताए ।

घाँटीको उपचारको क्रममा भारत भ्रमणमा गएका खनालको गत चैत १३ गते प्रोस्टेट ग्लान्डको शत्यक्रिया भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले