प्रेमको प्रतीक रानीमहलमा ‘प्रेमी’हरुको भीड

४ फाल्गुन २०६९, शुक्रबार ०२:०६ मा प्रकाशित

रुपन्देही, ४ फागुन । प्रेम प्रतिकको रुपमा नेपालमै नाम कमाएको छ पाल्पा जिल्लामा रहेको रानीमहल दरवारलेधेरै मायालु जोडी आफ्नो प्रेम जीवन दिगो रहोस भनेर प्रेम प्रतिकको रानी महलमा पुग्ने गरेका छन । राणा खड्ग शम्शेरले प्रेमको प्रतिक स्वरुप आफ्नो मायालुको सम्झनामा , संसारका सबै मानिसहरुले यस्तै गरेर प्रेमको महत्व बुझुन, प्रेम गरुन , पे्रम दिगो होस भनेर संसार भरी सन्देश फैलाउन एउटा नदीको किनारमा उनले आफ्नो प्रेमिका रानी तेज कुमारीको सम्झनामा रानी महल दरवार निर्माण गरेका थिए । प्रणयव दिबसको अबसमा आफनो प्रेमलाई दिगो र अमर बनाउन भन्दै सयौ मायालु जोडीहरु जाने गरेका छन । त्यही प्रेमको प्रतिक रुपी पाल्पाको रानीमहल एतिहासिक, धार्मिक र प्रर्यटकिय हिसावले महत्वपुर्ण रहेता पनि सरकारी वेवास्ताको कारण दिन प्रतिदिन जिर्ण बन्दै जादा प्रेमी प्रेमिकाको मन मन कटक्क दुख्ने गरेको छ । दरवारको मुख्य भवन मात्र जिर्णोद्धार गरिएको छ भने दरवार परिसरको अन्य भागहरु भत्किदै गएको छ । काली गण्डकी बाटै जग उठाएरु निमार्ण गरिएको रानीमहलको जग नै खलबलीएको छ । महल बाट काली गंगामा जाने सिढीहरु भत्किएका छन । दरवारको मुख्य भवन बाहेक दरवारका सहायक भवन, मन्दिर भत्किएर भग्नावेशको अबस्थामा पुगेका छन । दरवारको परिसरमा रहेको मन्दिर भान्सा घर पोखरीहरु सबै जिर्ण भएका छन । दरवारको मुख्य भागमा प्रवेश गर्दा नै अति फोहोर दुगन्धित देखिने गरेको छ । भत्किएका दरवारहरु मर्मत संभार नहुदा दरवार परिसर भित्र घास र झार उम्रिएको छ । रानीमहल परिसर बर्षौ देखी सरसफाई नहुदा झाडीको रुपमा परिणत भएको छ । २०४२ सालको हवाहुरीको रानीमहलको छाना उडाई दिएपछि लथालिङ्ग भएपछि करीव १ करोडको बजेटमा छाना छाउने र झ्याल ढोका मर्मत गर्न काम मात्र भयो ।  सरकारी वेवास्ताको कारण पुर्णरुपमा भत्किने अबस्थामा पुगेको नेपालको ताजमहलरुपी रानीमहल चारैतिरको दवाव थेग्न नसकेपछि केही बजेटमा २०५६ सालमा पुरातत्व विभागले भवनको जिर्णोदार गरेर केही रुपमा भएपनि दरवार हेर्न लायक भएको हो ।  बिस १९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि खड्ग शमशेरले उनकै सम्झना ज्वातिषको सल्लाहमा रानी महल निमार्ण गरेका हुन । बिस १९४९ देखि निमार्णकार्य शुरु गरेका शमशेरले बिसं १९५५ मा रानीमहल दरवारको निमार्ण कार्य पुरा गरेका थिए । उत्तरमुखि काली गंगाका बगेको स्थानको छनौट गरी रानीमहल दरवार निमार्ण गरिएको छ । उत्तरमुखि गंगाको जल खुट्टाले कुचेपनि पबित्र भईन्छ भन्ने मान्यताका साथ दरवारकै सिडिहरु बाट कालीनदिमा पुग्ने गरी दरवारको निमार्ण गरिएको छ ।

– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्