प्रधानन्यायाधीशको ‘भाग्य’ एमालेको हातमा !

३ फाल्गुन २०६९, बिहीबार २१:४६ मा प्रकाशित

काठमाडौं, ३ फागुन । चुनावी सरकार बनाउन तिब्र बनेको सहमतिको प्रयासले कुन मोड लिन्छ भन्ने कुरा नेकपा एमालेको भोली शुक्रबार बस्ने केन्द्रिय कमिटीको बैठकको निर्णयमा निर्भर हुने देखिएको छ । एमालेले आन्तरिक बैठकका लागि समय माग गरेपछि राष्ट्रपति कार्यालयमा बिहिबार दुई पटक भएका चार राजनीतिक शक्तिबीचको बैठक अनिर्णित बन्न पुगेको थियो । सत्ताधारी दल एमाओवादीको प्रस्तावमा निर्णय गर्ने अधिकार विपक्षी दल नेपाली कांग्रेसले आफ्ना तीन शीर्षनेताहरुलाई सुम्पिदिएको छ ।
सत्ताधारी दुईथरी र विपक्षी दुई दलबीच चुनावी सरकारमा सहमति जुटाउन बिहिबार बिहान राष्ट्रपति निवासमा जुटेका थिए । त्यहाँ एमालेले स्थायी कमिटिको बैठक बस्ने भनी समय मागेको थियो । त्यसपछि दिउँसो ३ बजे फेरि एमालेले केन्द्रिय समितिकै बैठक बसेर मात्र निर्णय लिनुपर्ने परिस्थिति आइपरेको भन्दै शुक्रबारसम्मका लागि समय मागेको हो । शुक्रबार बिहान ८ बजे एमालेको बैठक बस्ने बताइएको छ । यस आधारमा दलहरुको बैठक शुक्रबार २ बजेपछि मात्र बस्ने बुझिएको छ । यद्यपि, एमाओवादीले प्रस्ताव गरेजस्तो प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिनेमा एमालेभित्र चर्को मतभेद रहेको बुझिएको छ । कतिपय एमाले नेताले त बरु प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गर्नुपर्ने धारणा समेत राख्न थालेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको