महिला हिंसा अन्त्यको माग गर्दै बुटवलमा प्रदर्शन

३ फाल्गुन २०६९, बिहीबार १९:०१ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, ३ फागुन । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यको माग गर्दै अधिकारकर्मीहरुले आज बुटवलमा प्रदर्शन गरेका छन । उर्लंदो सय करोड अभियानअन्तर्गत अधिकारकर्मी, विद्यार्थी ,नागरीक समाज, बुद्धिजिबी लगायत विभिन्न क्षेत्रका महिला तथा पुरुषहरुले महिला हिंसा अन्त्य गरौ’ भन्ने आवाज चर्काउदैं प्रदर्शन गरेका हुन् ।
सञ्चारिका समूह लुम्बिनी, नागरिक सचेतना सञ्जाल रुपन्देही, मानवअधिकारका लागि एकल महिला समुह, दलित महिला संघ, कमअन युथ स्टयाण्ड अप बुटवल, रेडियो मुक्ति लगायत एक दर्जन बढी संघ संस्थाद्धारा आयोजित सो ¥यालीका सहभागीले महिला हिंसा अन्त्य गरौँ, घरेलु हिंसा बन्द गरौँ जस्ता नारा लगाउदै हिंसा अन्त्य गर्न कानुन ल्याउन माग गरेका थिए ।
महिला हिंसा अन्त्य सुनिश्चित हुनुपर्ने माग गर्दै बुटवलको राजमार्ग चौराहबाट सुरु भएको सो ¥याली मिलनचोक, इट्टाभटटा, बसपार्क, अमरपथ लगायत सहरका विभिन्न स्थान परिक्रमा गर्दै विश्वहिन्दु महासंघको हलमा गएर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै वक्ताहरुले महिला हिंसाको अन्यका लागि सबै सरोकारवालाहरु सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका थिए । उनिहरुले महिला अधिकारको सुनिश्चितता गर्न माग गर्दै हिंसाका घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरे ।
सभामा विश्व हिंन्दु महासंघका उपाध्यक्ष गणेशमान सैजु, नागरिक सचेतना सञ्जालका संयोजक डिबि खाती, एकल महिला समुहका रीता सेन, कम अन युथ स्टयाण्ड अप बुटवलका संयोजक नबिन पन्त, रेडियो मुक्तिका दिपु ज्ञवाली लगायतले बोल्दै प्रणय दिवसको अवसर पारेर गरिएको कार्यक्रममा एकअर्कालाई माया र सद्भाव बाडौं भन्दै डेढ सय बढी महिला तथा पुरुषले भाग लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन