पत्नीले गरिन् पतिको हत्या, बर्डफ्लु भेटिएको कुखुरा फर्मका कामदारले गरे आत्महत्या

३ फाल्गुन २०६९, बिहीबार १८:३० मा प्रकाशित

काठमाडौं, ३ फागुन । धरान घर भई ललितपुर इमाडोल–८ कमलपोखरी डेरा गरी बस्ने ३० वर्षीय प्रकाश श्रेष्ठको उनकै पत्नी र ससुरा मिलेर हत्या गरिएको छ । आज बिहान नौ बजे डेरापछाडिकै बारीमा प्रकाशको शव फेला परेपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाउँदा मृतककै पत्नी अस्मिता लामा र उनका बाबु मानबहादुर लामा शंकास्पद देखिएपछि दुबैलाई प्रहरीले पक्राउ गरेको छ । 
मृतकको दाँया आँखा बाहिर निस्किएको र घाँटी थिची हत्या गरेको अवस्थामा लाश फेला परेको विषयमा अस्मितासँग सोधपुछ गर्नेवित्तिकै हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिँदा २९ वर्षीया अस्मिता अत्यधिक मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको पनि प्रहरीले खुलासा गरेको छ । लोग्नेको हत्या किन गरेको भन्नेचाहिँ अभियुक्तहरुले खुलाएका छैनन् ।

यसैबीच काठमाडौं ईन्द्रायणी–२ स्थित नारायण बुढाथोकीको कुखुरा फार्ममा काम गर्ने रामेछाप जिल्ला मन्थली घर भएका ४५ बर्षीय काजी शेर्पाको बिष सेवनबाट मृत्यु भएको छ । केही दिनअघि मात्र बुढाथोकीको कुखुरा फर्ममा बर्डफ्लु भेटिएको कुरा प्रकाशमा आएपछि उक्त फर्ममा प्रशासनले छापा मारेर सयौँ कुखुरा नस्ट गरेको थियो । उक्त फर्मको गोप्यता खोलेको भनी फर्मधनीबाट शेर्पामाथि टेन्सन दिने कार्य भएको थियो कि भन्ने कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार