प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन कांग्रेस एमालेद्वारा लचकता प्रदर्शन, दुई दिनमा नयाँ सरकार बन्ने भट्टराईको दाबी

३ फाल्गुन २०६९, बिहीबार १८:११ मा प्रकाशित

काठमाडौं, ३ फागुन । भारतीय डिजाइनमा एमाओवादीद्वारा प्रस्ताव गरिएको अनुमान लगाइएको प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व गराउने अभियान सफल हुने संकेत देखिएको छ । पार्टीभित्र विरोध हुँदाहुँदै पनि नेपाली कांग्रेस समेत उक्त प्रस्तावप्रति सकारात्मक बन्न पुगेको र नेकपा एमालेले पनि सो विषयमा निर्णय लिनका लागि भोली शुक्रबार केन्द्रिय समितिको बैठक बोलाएपछि बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बन्ने सम्भावना बढ्न पुगेको हो ।
यसैक्रममा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले समेत दुई दिनभित्र सहमतीमा चुनावी सरकार बन्ने बताएर तरल राजनीतिलाई थप तताइदिएका छन् । बिहिबार विराटनगरमा प्रधमानमन्त्री बाबुराम भट्टराईले दलहरु प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमादलहरु सहमतिमा पुग्न लागेको दाबी गरे । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब सरकारको संयन्त्र, कसकसलाई मन्त्री बनाउृने भन्नेजस्ता विषयमा मात्र छलफल हुन बाँकी रहेको बताएका छन् ।
आफू संसदबाट निर्वाचित प्रधानमन्त्री भएको नाताले आफैले चुनाव गर्न पाउनुपर्ने भन्दै आएका प्रधानमन्त्री काबुराम भट्टराईले संसदद्वारा निर्वाचित सरकारले निर्वाचन गराउने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर यहाँ प्रतिपक्ष दलहरुले नमानेका कारण दोस्रो तथा अन्तीम विकल्प अघि सार्नु परेको जनाए ।
यसैबीच नागरिक समाजका नेतृत्वकर्ताहरु दमनाथ ढुंगाना, वीरेन्द्र मिश्र, चरण प्रसाई, कनकमणि दिक्षित र सुशील प्याकुरेलले संयुक्त वक्तव्य निकाल्दै प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउने दलहरुको तयारी त्रुटीपूर्ण हुनसक्ने जनाएका छन् । ‘वर्तमान संक्रमणमा न्याय निरुपण एवम कानुनको शासन स्थापित गराउने उच्चतम जिम्मेवारीमा रहेका व्यक्तिको प्रधानमन्त्रीमा नियुक्ति, अन्तरिम संविधान, न्यायपालिकाको स्वतन्त्रता र मानव अधिकारसम्मत नहुने तथा प्रधान न्यायाधीशको पद, गरिमा र विश्व सनियतामा समेत आघात पर्ने भएकाले दलहरुलाई विवेकसम्मत निर्णय गर्न अनुरोध गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

न्यूयोर्क । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष