एमाओवादीको ‘रक्षा कवच’ शितल निवासले निरश्त्र पार्ने !

३ फाल्गुन २०६९, बिहीबार १०:४५ मा प्रकाशित

काठमाडौं, ३ फागुन । विपक्षी दलहरुलाई अल्मल्याउँदै सत्तामा पकड झन् मजवुत तुल्याउन अग्रसर एमाओवादी नेतृत्वको सरकारले दुर्नियतवश राष्ट्रपतिसमक्ष स्वीकृतिका लागि पेश गरेका दुई अध्यादेश शितल निवासले फिर्ता पठाउने भएको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोग गठनसम्बन्धी दुई अध्यादेश माओवादीले आफ्ना नेता तथा कार्यकर्ताहरुको रक्षाकवजका रुपमा प्रयोग गर्न लागेको निचोडमा पुगेका राष्ट्रपति रामवरण यादवले स्वीकृत नगरी मन्त्रिपरिषदमै फिर्ता पठाउन लागेका शितल निवास स्रोतको दाबी छ । 
सरकारले स्वीकृतिका लागि पठाएको अध्यादेशको सबै क्षेत्रबाट विरोध भइरहेको छ । द्वन्द्वकालका घटनाका नाममा सरकारले गम्भीर मानवअधिकार उल्लंघनकर्ता सबैलाई उन्मुक्ति दिन लागेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले अध्यादेशको विरोध गर्दै आएका छन्। सरकारले दलीय सहमति बिनास्वीकृतिका लागि पठाएको अध्यादेशको विपक्षी दलका साथै युरोपेली युनियनका राजदूत, मानअधिकारवादी संघसंगठनले पनि विरोध गरेका थिए। युरोपेली दूतहरुले त प्रमुख दलका नेता र प्रधानमन्त्रीलाई भेटेरै त्यसबारे सचेत गराएका थिए। राजनीतिक दलहरुबीच पछिल्लो चरणमा देखिएको असन्तुष्टिबाट निराश बनेका राष्ट्रपतिको यस कदमबाट प्रधानमन्त्री चिढिएका बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै