महँगी नायिकाको सस्तो व्यापार

३ फाल्गुन २०६९, बिहीबार १०:४२ मा प्रकाशित

राजन घिमिरे/ एउटी नायिकामाथि निर्माताले किन धेरै लगानी गर्छन् ? जवाफ सीधै छ उनको बजार हेरेर । पारिश्रमिक बढी लिने नायिकालाई सिनेमामा राख्दा उनको टाउको र नामका कारण पनि हलतिर दर्शकहरू ओइरिन्छन् भन्ने विश्वास बोकेर नै निर्माताहरू ती नायिकाले मागेजति पारिश्रमिक दिन तयार हुन्छन् । अन्ततः उनीमाथि गरिएको लगानीअनुरूप मुनाफा नआएपछि व्यापारिक शब्दमा भन्नुपर्दा त्यो त नायिकाको असफलता हो । आफूलाई महँगी नाायिका भन्ने अनि आफ्नो टाउकोका कारण सिनेमा चल्छ भनेर गफ दिने तर हलमा भने दर्शकहरू आउँदै नआउने नायिका निशा अधिकारीमाथि विश्वास गर्ने एउटा सिनेमा यतिबेला नराम्ररी पछारिन पुगेको छ ।
सिनेमाको नाम हो पद्मिनी । यो सिनेमाको शीर्षक भूमिकामा देखा परेकी छिन् यिनै असफल नायिका निशा । निर्माण समूहले त निशामाथि यति धेरै विश्वास ग¥यो किन सिनेमाको सल्लाहकार पनि निशा नै भइन् ? उनकै सल्लाहमा हिँड्दा चलचित्र पद्मिनी लड्न पुगेको छ । जिन्दगीमा आफ्नो फोटोबाहेक सिङ्गल फोटो हेर्न नपाएकी निशाले पोस्टर पनि सिङ्गल नै पाइन् यो चलचित्रमा । तर कसैको जोर लागेन ।
चलचित्र पद्मिनीले नेपाली चलचित्रको दोस्रो ठूलो बजार मानिने पोखरामा गरेको व्यापार सुन्ने हो भने लाज लाग्नुपर्छ निशालाई । गत शुक्रबार दुई शोमा जम्माजम्मी मुस्किलले ६ हजार रुपैयाँ बजार ग¥यो पोखराको विन्ध्यावासनी हलमा यो सिनेमाले । यसलाई सिनेमाकर्मीहरूले ऐतिहासिक बेइज्जत भनेका छन् । कुनै समय नेपाली मूलधारका सिनेमालाई गन्दै गन्दिनथिन् निशा । अनि त्यस्ता सिनेमाबाट अफर आएमा नाक खुम्च्याउँथिन् तर आज त्यही मूलधारको सिनेमाबाट बढी पारिश्रमिक लिन्छिन् उनी । घुमिफिरी रुम्जाटार भनेजस्तै मूलधारको सिनेमामा आफ्नो उपस्थिति जनाएकी निशा अब आफैँ यो धारबाट विस्थापित हुने स्थितिमा पुगेकी छिन् । सुनगाभा, पद्मिनी गरेर एकपछि अर्को असफल सिनेमामा देखापरेपछि सिनेकर्मीहरू ‘तीन लाख पारिश्रमिक दिएर निशालाई लिनुभन्दा पचास हजार दिएर नयाँ नै लिनु ठीक भन्न थालेका छन् । एउटा सिनेमाबाट तीन लाख लिने बानी परिसकेकी निशाले आगामी दिनमा कतिसम्ममा खेल्लिन् वा उनको यात्रा कस्तो होला ? त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको