माओबादी झगडाले सरकारको आयु बढ्यो

On 18 August 2008 Pushpa Kamal Dahal “Prachanda”, left, was sworn in as Prime Minister. He looks on as Finance Minister Baburam Bhattarai, second left, Foreign Minister Upendra Yadav, second right, and Defence Minister Ram Bahadur Thapa, right, check their papers before being sworn into the cabinet. AP PHOTO/BINOD JOSHI
१७ चैत्र २०६८, शुक्रबार २१:५६ मा प्रकाशित

काठमाडौं, चैत १७ । प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार भ्रष्टचारले गन्हाएका सहयात्री मधेशी दल,भ्रष्ट र बदनाम उपप्रधानमन्त्री बिजय गच्छेदार र आफ्नै पार्टी अध्यक्ष प्रचण्डको सम्पति र सत्ता मोहका कारण बद्नाम भए पनि संबिधान सभाको म्याद मात्र दुई महिना बाँकि रहेको र माओबादी पार्टी भित्र चर्कदो घर झगडाका  कारण दिर्घ जीवन पाउन सफल भएको छ । प्रचण्डको योजना अनुरुप बाबुराम भट्टराई सरकार ढालिहाल्नु पर्ने निष्कर्षमा पुगेको मोहन वैद्य समूहको सान्ति र संबिधान बिरोधि गतिबिधिका कारण पनि सरकारले दिर्घ जीवन पाएको हो।
भट्टराई सरकार ढाल्नका लागि घोषित रुपमै माओवादी वैद्य समूह लागि परेको छ । त्यसका लागि वैद्य पक्ष वर्तमान सरकारको विरुद्धमा खरो रुपमा उत्रिएको मात्र होइन सङ दलहरुसंग सहकार्यमा समेत लागेको हुदा माओवादीका प्रतिस्पर्धी दलहरु ‘पर्ख र हेर’ को स्थितिमा पुगेका हुन् । वैद्य पक्षको विरोधले सो दलमा आउने विभाजनको अवस्था आंकलन गरेर अन्य दलहरु सरकार ढाल्न भन्दा पनि माओवादीको अन्तर्विरोध उत्कर्षमा पुगोस् भन्दै अघोषित रुपमा सरकारलाई निरन्तरता दिइरहेका छन् । बिपक्षी दल र बिदेशी शक्तिकेन्द्रहरु समेत माओबादी दम्भ र उदण्डता अन्त्य गर्न सो पार्टीको बिभाजन आवश्यक भएकोले सरकारलाई निरन्तरता दिदैं माओबादी भित्र चरम द्वन्द सिर्जना गर्ने रणनितीमा एक मत भएका हुन् । अर्को तर्फ माओवादी भित्रको अन्तर्द्वन्द्वका कारण माओवादीका पक्षमा रहेको नागरिक समाज र जनमत समेत बिस्तारै टाढीदै जान थालेको छ । माओवादी भित्रको अन्तर्द्वन्द्वले माओवादी यति बेला देखिदा तिन ध्रुबमा देखिए पनि बिभाजन को संघारमा पुगेको छ ।
वैद्य समूहको अनुपस्थितिंमा हुदै गरेका माओबादीका बैठकहरुले विभाजनकै स्थितिमा पुगिसकेको भान हुन्छ । वैद्य समूह संस्थापन पक्षको नेतृत्व गरेको पार्टी संरचनामा समानान्तर समिति गठन गरी तल्लो तहसम्म आफ्नो उपस्थिति जनाउन थालेको छ भने अर्को तर्फ सरकार ढाल्ने खेलमा अन्य दलहरुलाई समेटी आन्दोलनमा उत्रिएको छ ।
माओवादीमा विकसित अन्तर्द्वन्द्व चरम उत्कर्षमा पुगेका कारण बिपक्षी दल र बिदेशी शक्तिकेन्द्रहरु वर्तमान सरकार ढालेर माओवादीलाइ पुन एकत्रित हुने अवसर दिने पक्षमा नरहेका कारण पनि बाबुराम भट्टराई नेतृत्वको सरकारले माओबादी बिवाजन नहुन्जेल निरन्तरता पौने देखिन्छ । अर्थात् बिपक्षी दल र बिदेशी शक्तिकेन्द्रहरु सरकारलाई भन्दा पनि माओवादीको विभाजनलाई महत्व दिएर सरकार ढाल्ने खेलमा लागि रहेका छैनन् । वैद्य पक्षले जति सरकार बिरोधि गतिबिधि तिब्र पार्छ त्यतिनै सरकारको आयु बढाउन सहयोगी साबित हुनेछ। तर माओबादी भित्रको झगडा बिपक्षी दल र नेपालमा प्रजातन्त्रको संस्थागत विकाश चाहने बिदेशी शक्तिकेन्द्रहरुलाई झुक्याउने रणनीति पनि नहोला भन्न सकिदैन । यसको मुख्य कारण भनेको माओबादीलाई साथ लिएर नेपालमा सक्रिय स्वतन्त्र तिब्बत गतिबिधि पूर्ण नियन्त्रणमा लिन  चाहने चिनिया चालमा माओबादीले नयाँ नाटक त मन्चन गरेको छैन ? दलहरु सचेत हुने बेला आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत