महँगो त्रिदिवसीय विराटमहायज्ञ समापन

३ फाल्गुन २०६९, बिहीबार ०७:५२ मा प्रकाशित

रुपन्देही, ३ फागुन । एक हजार आठ कुण्डमा होम गर्दै नवलपरासीस्थित त्रिवेणीधाममा त्रिदिवशीय विराटमहायज्ञ सकिएको छ । अखण्डज्योति बाबा स्वामीश्री जी च्यारिटेवल ट्रष्टको आयोजनामा त्रिवेणीधाममा रहेको गजेन्द्र मोक्ष धाममा शुरु भएको विराटमहायज्ञको अखण्डज्योतिबाबा एवम् मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यले समापन गरेका हुन् । एक हजारआठ ब्राम्हण द्धारा पाठ गरिएको महायज्ञमा काठमाण्डौ, भैरहवा, बिराटनगर, पोखरालगायतका स्थानबाट आएका भक्तजनहरु कर्ताको रुपमा सहभागी भई पूजापाठ गरेका थिए । महायज्ञअन्तर्गत नारायणी नदीमा सवा करोड दिपको महाआरती समेत गरिएको थियो । 
महायज्ञमा सहभागी भएका कर्ताहरुले प्रतिकर्ता ११ हजार ५ सय शल्ुक बझाउनपुर्ने आयोजक संस्थाको नियमानुसार उक्त शुल्क बुझाएर होममा सहभागी भएका थिए ।
नेपालमै सवैभन्दा ठुलो महायज्ञको रुपमा दाबि गर्दै आएको सो एक हजार आठ कुण्डात्मक होममा आएका भक्तजनहरुमध्ये सवैभन्दा बढि पूर्वाञ्चलबाट भक्तजनहरु आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट