सवारी कारवाहीबाट ४२ लाख २६ हजार राजस्व संकलन

३ फाल्गुन २०६९, बिहीबार ०७:४९ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, ३ फागुन । दुई महिनाभित्र गरिएको सवारी कारवाहीबाट कपिलवस्तुमा कूल ४२ लाख २६ हजार राजस्व संकलन भएको छ ।आर्थिक वर्ष २०६९।०७० को साउन महिनादेखि माघ २८ गतेसम्म कूल ३२ हजार सवारी कारबाहीबाट सो राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरीनिरीक्षक कुमारजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल सवारी रहेको छ । 
यस्तै सवारीकारवाहीवाट जिल्लाको चन्द्रौटा क्षेत्रमा मात्र विगत ७ महिनामा कूल ६ हजार ६ सय ९८ सवारी कारबाहीबाट ८ लाख १५ हजार ५० रुपैयां राजस्व संकलन भएको अस्थायी ट्राफिक प्रहरीपोष्ट चन्द्रौटाका प्रहरी नायवनिरीक्षक भरतबहादुर जिसीले जानकारी दिए । जिसीका अनुसार चन्द्रौटा क्षेत्रमा कारबाहीमा परेका सबैभन्दा बढी ट्रक सवारी रहेको बताउनुभयो । ट्रकको संख्या मात्र ४ हजार ६ सय ७७ रहेको छ भने ट्रक कारबाहीबाट मात्र ५ लाख ६५ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको जिसीको भनाई छ । जिसीका अनुसार विगत ७ महिनाको तुलना गर्दा सबैभन्दा बढी राजस्व मंसिर महिनामा मात्र १ हजार ३ सय ३ सवारी कारवाहीबाट १ लाख ५८ हजार ६ सय रकम राजस्व उठेको थियो । विगत ७ महिनाभित्र कारवाहीमा परेका ट्रकको संख्या ४ हजार ६ सय ७७, बसको संख्या ७ सय
६७, जिपको संख्या ६ सय ६५, मोटरसाइकलको संख्या ३ सय ४८ र ट्रयाक्टरको संख्या २ सय ४१ रहको छ । चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढीरहेको भन्दै जिल्लामा सवारी चेकिङमा विशेष निगरानी बढाएको ट्राफिक प्रहरी निरीक्षक कुमारजी श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत