जिनत अमानले बिहे गर्ने

३ फाल्गुन २०६९, बिहीबार ०४:०० मा प्रकाशित

बलिउड नायिका जिनात अमानले ६० बर्षको उमरेमा बिहे गर्ने तयारी गरेकी छिन्। २ छोराकी आमा जिनातले आफूले बिहे गर्न लागेको बताएकी हुन्। १९७० को दशकमा सर्वाधिक सफल चलचित्र दिएकी अमानले मजहर खानसँग बिहे गरेकी थिइन् तर मजहरको सन् १९९८ मा निधन भएपछि उनी छोराहरुसँग रहँदै आएकी थिइन्। उनले आफू बिहेको योजनामा रहेकी बताएकी हुन्। ‘मेरा दुई छोराहरुका बाबु बितेपछि बिहेको कुरा सोचेको थिइँन, तर अहिल बिहेको निर्णय लिएकी हुँ उनले भनिन्। उनले आफ्नो प्रेमी भारतीय भएको बताए पनि नाम भने खुलाउन चाहिनन्। उनले बिहे गर्ने योजना बनाएपछि आफू जवान भएको महसुस गरेको बताएकी छिन्। सन् १९७० को दशकमा अमानले चलचित्रमा दिएका बोल्ड दृश्यहरु खुबै चर्चित थिए। भारतीय समाज उक्त समयमा त्यति उदार बनेको थिएन जुन खालका दृश्य अमानले चलचित्रमा दिने गर्थिन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ ।दुर्घटनामा परेर

काठमाडौं । सरकारले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका नाममा आर्थिक सहयोग उठाएमा दुई लाखसम्म जरिवाना गर्ने चेतावनी दिएपछि अहिले व्यक्तिगत रूपमा आर्थिक

काठमाडौं । रेश्मा बमजन र प्रदिप ग्लानको ‘मेरो एउटै चाहना’ बोल रहेको गीत हालै सार्वजनिक भएको छ । रेश्मा र

काठमाडौं । नायिका नम्रता श्रेष्ठ र नायक सारुक ताम्राकार प्रेममा छन् । गतबर्ष एक अवार्ड शोमा एकसाथ पुगेपछि उनीहरु प्रेममा

आजको प्रमुख समाचार