सेक्सबारे ओपन हुनुपर्छ: मोनिका झा, युवा नेतृ तथा नवनायिका

३ फाल्गुन २०६९, बिहीबार ०३:५७ मा प्रकाशित

कसरी फिल्म क्षेत्रमा लाग्ने निर्णय गनुभयो?
लाइफका योजनामा म विश्वास गर्दिनँ। म फेक्जिवल मान्छे हुँ। दिल्लीबाट काठमाडौं आएयता क्षमताअनुसार अवसर पनि आएको छैन। त्यसकारण फिल्म क्षेत्रमा पनि आबद्ध हुन लागेकी हुँ।
पारिवारिक पृष्ठभूमि?
म झापामा जन्मिएको हो। हाम्रो पुख्यौली चाहिँ झापा हो। बुबा चौधरी गु्रपमा काम गर्नुहुन्छ।
दिल्लीमा चाहिँ कसरी जानुभयो?
पढ्नका लागि गएको हुँ। उतैबाट सोसिइयोलोजीमा माष्टर गरेपछि नेपाल फर्किएको हुँ।
दिल्लीबाट माष्टर डिग्री गर्नुभएको व्यक्ति जागिरका अवसर आएनन्?
नेपालमा सबैकुरा सोर्सफोर्स चाहिने रहेछ। हामी सोर्सफोर्स नभएका व्यक्ति पर्‍र्याै। त्यसकारण आफ्नो क्षमता अनुसारको अवसर पाएको छैन। अवसरको पर्खाईमा छु।
फिल्म क्षेत्रमा चाख चाहि?
म सानैदेखि गाउन/नाच्न मन पराउने। दिल्लीमा रहदा पनि एउटा सुन्दरी प्रतियोगितमा भाग लिएको थिए। फष्ट रनर अप भएको थियो। काठमाडौं आएपछि फिल्मको प्रस्ताव आयो र खेल्ने निर्णय गरेको हुँ।
फिल्म क्षेत्रमा जम्छु भन्ने लाखेको छ?
कुने पनि काम गर्दा सकारात्मक सोचाई लिनुपर्छ। ममा काम गर्ने प्यासन छ, त्यसकारण सफल हुन्छु भन्ने लागेको छ।
लामो समय दिल्लीमा बस्नुभयो, दिल्ली र काठमाडौंमा के फरक छ?
धेरै फरक छ। काठमाडौंमा क्षमता अनुसारको अवसर छैन। लोडसेडिङदेखि धेरै समस्या छ। तर दिल्लीमा धेरै अवसर छन्। त्यहाँ चुनौतीहरु पनि प्रशस्तै छन्। तर नेपालमा भन्दा धेरै सिष्टमेटिक छ।
नेपाल चाहिँ किन पछि परेजस्तो लाग्छ?
राजनीतिक कारण नै जस्तो लाग्छ। सरकारले विकासमा भन्दा अन्य कुरामा बढि ध्यान दिएको छ। सरकारले सबैभन्दा शिक्षामा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। नेपालमा केही बन्न सिकाउने किसिमको शिक्षा छैन।
राष्ट्रियताको भावना पनि कम छ। युवा भनेका राष्ट्रका सम्पती हुन्। तर नेपालका युवासम्पती बिदेशीदै गएको छ। सरकारले युवालाई बिदेशीनबाट रोक्नुपर्छ।
किनै अग्ली हुनुहुदो रहेछ नि?
हो अग्ली छु। सानोमा त मोटी पनि थिए। धेरैले जिस्काउथे, अफ्ठेरो लाग्थ्यो। तर जब पढ्न दिल्ली गए आफुलाई सहज महशुस गरे। सबै मान्छे एउटै किसिमका हुदैनन् भन्ने लाग्यो। सोसियोलोजी पढ्दा पनि यससम्बन्धि धेरै कुरा सिके।
राजनीतिमा पनि लाग्नुभएको रहेछ?
राजनीतिमा पनि लागेको छु। यो योजनाबद्ध होइन। म भगवानमा पनि बिश्वास गर्छु। त्यसकारण योजनाबिना नै राजनीतिमा लागेको हो।
राजनीतिमा भविष्य देख्नुभएको छैन?
म राम्रो पोलटिसियन हुन सक्दिन जस्तो लाग्छ। राजनीतिक धेरै गाह्रो खेल हो। धेरै इन्टेलिजेन्स आवश्यक पर्छ। एक दुई जनालाई दुःखी बनाएर सय जनालाई खुशी बनाउनु पर्छ। ममा त्यस्तो कला छैन।
सुन्दर पनि हुनुहुन्छ, सुन्दरता के हो जस्तो लाग्छ?
म कसैलाई राम्री र नराम्री भन्न चाहन्न। मिलेको जीउडाल भएर गोरी हुदैमा राम्री हुने होइन। मन राम्रो भएको व्यक्ति सुन्दर हो जस्तो लाग्छ।
बिहेको बारेमा के छ सोचाई?
म पुरातन किसिमको सोचाई मान्दिन। बिहे त अवश्य गर्छु। बिहे गर्न एक–अर्कालाई राम्राेसँग बुझ्नुपर्छ भन्ने लाग्छ।
भ्यालेन्टाइन डे नजिकिदै छ, कसरी मनाउदै हुनुहुन्छ?
महिलासिहंा विरुद्ध बालुवाटारमा भइरहेको आन्दोलनमा सहभागी भएर भ्यालेन्टाइन डे मनाउने तयारीमा छु।
सेक्सको बारेमा के धारणा छ?
यो शारिरीक आवश्यकता हो। सेक्ससम्बन्धि शिक्षाको कमीले गर्दा यो ठुलो इश्यु बनेको जस्तो लाग्छ। सेक्सको बारेमा आपेन हुनुपर्छ भन्ने लाग्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया