विपक्षी दलहरुले नमानेपछि हच्कियो एमाओवादी

२ फाल्गुन २०६९, बुधबार २१:५५ मा प्रकाशित

काठमाडौं, २ फागुन । नेपाली कांग्रेस र नेकपा एमालेले बहालवाला प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म उनको नेतृत्वमा चुनावी सरकार गठन हुन नसक्ने अडान नछाडेपछि एमाओवादीले प्रधानन्यायाधीशलाई राजीनामा दिन लगाउने लगायतका विकल्पमा पनि छलफल गर्न सकिने संकेत दिएको छ । उक्त पार्टीका प्रवक्ता अग्नी सापकोटाले आफूहरुले अघिसारेको प्रस्ताव उत्तम भएको दाबी गर्दै तर विपक्षी दलहरुले आनाकानी गरेकाले अन्य विकल्पमा पनि छलफल गर्न सकिने बताएका हुन् । 
बहालवाला प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म उनको नेतृत्व स्वीकार्य नहुने निचोड एमालेले हिजो निकालेको थियो भने नेपाली कांग्रेसको आज बुधबार बसेको केन्द्रिय समितिको बैठकमा अधिकांश सदस्यहरुले उक्त प्रस्ताव स्वीकार नगर्ने धारणा राखेका थिए । विपक्षी दलहरुमा यस्तो धारणा बाक्लिँदै गएपछि प्रस्तावक एमाओवादी पुनः छलफलका लागि तयार भएको हो । यसरी दलहरुबीच सहमति नभएपछि राष्ट्रपति रामवरण यादवले तीन प्रमुख विपक्षी दल र मधेसी मोर्चाका नेताहरुसँग बुधबार छुट्टाछुट्टै भेटेका थिए । उक्त भेटमा लोकतान्त्रिक मूल्य–मान्यता र नेपालका परम्परागत तौरतरिकालाई उपेक्षा गरेर अघि बढ्न नसकिने धारणा राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको एमाले नेता इश्वर पोखरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री