राजदूत मुस्ताङबाट फर्केको भोलीपल्टै तिब्बती युवाद्वारा आत्मदाहको प्रयास

२ फाल्गुन २०६९, बुधबार २१:५२ मा प्रकाशित

काठमाडौं, २ फागुन । तिब्बती शरणार्थी तथा हिमाली जनजातीहरुले नयाँवर्षको अवसरमा लोसार पर्व मनाइरहँदा आज बुधबार काठमाडौंको बौद्धनाथमा एकजना तिब्बती युवाले आत्मदाहको प्रयास गरेका छन् । अन्दाजी २० वर्षजतिका ती युवकको नाम ड्याङ दोङ बताइएको छ । उनको राजधानीमा उपचार भइरहेको छ । तिब्बतीमाथि चिनियाँ ज्यादतीका विरुद्ध काठमाडौंमा यसरी आत्मदाहको प्रयास भएको पहिलो पटक हो । आत्मदाह प्रयासको बेला उनले भिक्षुको लुगा लगाएका थिए भने जोडतोडले तिब्बतको स्वतन्त्रताको पक्षमा नारा लगाएका थिए । 
स्वतन्त्र तिब्बत र धार्मिक गुरु दलाइ लामाको घर फिर्तीजस्ता माग गर्दै सन् २००९ यता चीनका विभिन्न भूभाग तथा निर्वासनमा गरी सय जनाजति तिब्बतीहरुले आत्मदाहको प्रयास गरेका छन् । त्यसरी आत्मदाहको प्रयास गर्नेमध्य धेरैको ज्यान गएको छ । नेपालका लागि चिनियाँ राजदूत याङ होउलान मुस्ताङ यात्राबाट काठमाडौ फर्केको भोलीपल्ट भएको आत्मदाहको प्रयासले चिनियाँ पक्षमा तनाव बढाएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार