प्रचण्डलाई अमिकले ‘स्वच्छ’को पगरी गुथाएपछि हलमा हाँसो

२ फाल्गुन २०६९, बुधबार ०८:२२ मा प्रकाशित

काठमाडौं, २ फागुन । सर्वहारा वर्गको नाममा अकुत सम्पत्ति कुम्ल्याई पार्टीलाई बद्नाम गरेको आरोप खेपिरहेका एमाओवादी अध्यक्ष प्रचण्डलाई जनमोर्चा नेपालबाट एमाओवादी बनेका नेता अमिक शेरचनले ‘स्वच्छ छवि’का नेताको पगरी पहि¥याइदिएका छन् । हेटाँैडामा पार्टीको सातौँ महाधिवेशन चलिरहेको बेला शेरचनले अध्यक्ष प्रचण्डलाई ‘स्वच्छ छवि’ भएको नेताको विशेषण दिँदै गर्दा हलमा हाँसोको फोहरा छुटेको समाचार ढिलोगरी चर्चामा आएको छ । 
गत साउन पहिलो साता राजधानीमा भएको सातौँ विस्तारित बैठकले पार्टीका शीर्ष नेतासहित सबैको सम्पत्ति छानबिन गर्न भन्दै शेरचनको नेतृत्वमा बनाइएको पार्टीको उच्चस्तरीय सम्पत्ति छानबिन आयोगमा सबैभन्दा बढी उजुरी अध्यक्षकै विषयमा परेको थियो । तर, पार्टीको सातौँ विस्तारित बैठकमा आयोगका संयोजक शेरचनले अध्यक्ष प्रचण्डलाई मात्र जोगाएनन्, सबै नेतालाई जोगाउँदै बाहिर हल्ला भएजत्तिको भ्रष्टाचार नभएको र कुनै पनि नेताले आर्थिक अपारदर्शी काम नगरेको बताएका थिए । उनले केही नेताहरूको भने सम्पत्ति केही बढी देखिएको र तिनीहरूबारे थप अनुसन्धान भएको भन्दै गोलमटोल रूपमा जवाफ दिएर पन्छिएका थिए ।
स्रोतका अनुसार नेता शेरचनले पार्टीको उपाध्यक्ष बन्नका लागि अध्यक्ष प्रचण्डलगायत सबैलाई स्वच्छ छवि भएको नेताको सूचीमा चढाएका हुन् । पार्टीको महाधिवेशनमा शेरचन उपाध्यक्ष बन्न हात धोएर लागिपरेका थिए । अध्यक्षलाई नरिझाएसम्म पार्टीमा आफ्नो स्थान सुरक्षित हुन नसक्ने स्पष्ट देखेका शेरचनले अध्यक्षलाई नै रिझाउँदै पार्टीभित्र सबैभन्दा स्वच्छ व्यक्तिको ‘फुली’ लगाएका हुन् ।
छानबिन आयोगका संयोजक शेरचनले अध्यक्षको स्वच्छ छविबारे चर्चा गर्दै गर्दा हलमा उपस्थित अन्य सहभागीले भने शेरचनले उपाध्यक्ष हुनका लागि आफ्नो योग्यता प्रस्तुत गरे भन्दै व्यङ्ग्य गरेका थिए । महाधिवेशनमा सहभागी एक नेताका अनुसार शेरचनले आफू उपाध्यक्ष बन्नका लागि प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष बाबुराम भट्टराईसँग पटकपटक छलफल गरेका थिए । तर, यस विषयमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भने कुनै परामर्श गरेका थिएनन् । यस विषयमा प्रतिक्रिया लिन खोज्दा शेरचन आफू व्यस्त भएकोले केही बताउन नसक्ने भन्दै पन्छिए । महाधिवेशनमा सहभागी एक नेताका अनुसार शेरचनले मात्र होइन आफ्नो पदको सुरक्षाका लागि सचिवबाट महासचिवमा बढुवा भएका नेता पोष्टबहादुर बोगटीले पनि अध्यक्षलाई स्वच्छ छवि भएको नेताको रूपमा व्याख्या गरेका थिए । उनले लडाकु शिविरमा भएको अनियमितताबारे आफ्नो गोलमटोल जवाफ दिँदै प्रचण्डलाई चोख्याउने काम गरेका हुन् ।
बोगटीको संयोजकत्वमा पनि साउनकै विस्तारित बैठकले अस्थायी शिविरमा भएको अनियमितताबारे छानबिन गर्न बोगटीको संयोजकत्वमा समिति बनाएको थियो । शिविरमा भ्रष्टाचार भएको भन्दै त्यसका संयोजक पार्टी अध्यक्ष प्रचण्ड नै मुसिने भएकाले बोगटीले शिविरहरूमा बाहिर चर्चा गरिएकोजस्तो भ्रष्टाचार नभएको दाबी गरेका थिए । उनले अर्बौं भ्रष्टाचार भयो भन्नु जनमुक्ति सेनाको अपमान भन्दै केही विषयमा सामान्य हिसाब तलमाथि भएको मात्र देखिन्छ भनेका थिए । उनले एमाओवादी लडाकुले शिविर छाड्ने बेलामा सामान्य अस्तव्यस्तता देखिएकाले त्यसैलाई आधार मान्ने हल्ला चलाएको आरोप लगाएका थिए ।
बोगटीले यसो भनिरहँदा बन्दसत्रमा रहेका लडाकु प्रतिनिधिहरूले विरोध जनाएका थिए । तर, बन्दसत्रको अध्यक्षता गरेको नेता कृष्णबहादुर महाराले हल्ला गर्ने व्यक्तिलाई बाहिर निकाल्ने भन्दै चेतावनी दिएपछि विरोधका मुद्दा त्यत्तिकै सेलाएका थिए । बोगटीले आफ्नो प्रतिवेदनबारे नयाँ केन्द्रीय समितिमा छलफल हुने भन्दै मौखिक भनाइ सकेका थिए ।
हेटौँडामा २१ वर्षपछि भएको महाधिवेशनमा अनेकखाले वितण्डा मच्चाए पनि ५५ सदस्य पछि थप गर्नेगरी ९८ जनाको नयाँ कार्यसमिति बनाएको छ । महाधिवेशनले अध्यक्ष र दुई उपाध्यक्षमा पुरानै अनुहारलाई निरन्तरता दिँदै महासचिवमा सचिव बोगटीलाई बढुवा गरेको छ भने बाँकी पदमा पछि केन्द्रीय समितिले मनोनीत गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४