अशोक राईलाई धक्का

२ फाल्गुन २०६९, बुधबार ०८:१९ मा प्रकाशित

काठमाडौं, २ फागुन । नेपाली कांग्रेस र एमालेलाई जातीय पहिचानविरोधीको आरोप लगाउँदै एमाओवादीको लगानीमा जातीय पार्टी खोलेका अशोक राईलाई पहिलो गाँसमै ढुंगा लागेको छ। नेपाल जनजाति महासंघका घटक संगठनहरूको नयाँ नेतृत्व चयन भइरहेका बेला सबै जातीय संगठनहरूमा एमाओवादी र आफ्नो प्यानलको पकड जमाउने राई नेतृत्वको पार्टीको प्रयास विफल भएपछि यस्तो अनुभूति गरिएको हो।
किराँत राई यायोक्खाको नयाँ नेतृत्वमा कांग्रेसनिकट यशोदा राई अध्यक्ष र धेरैजसो पदाधिकारी एवम् सदस्यमा एमाले निकटकाले जितेको एक महिना नपुग्दै गुरुङहरूको छाता संगठन तमु ह्युल छोज धीको राष्ट्रिय परिषदमा एमाओवादी र अशोक राई समूहको लज्जाजनक हार भएको छ।
झापामा सम्पन्न भएको महाधिवेशनमा एमाले कांग्रेस समर्थक तमु नेताहरूले अत्यधिक मतले जितेपछि जातीय पार्टीलाई धक्का लागेको चर्चा जनजाति नेताहरूबीच चलेको छ। एमाओवादी र अशोक राई पार्टीका उम्मेदवार विनोद गुरुङलाई भारी मतले पराजीत गर्दै कांग्रेस–एमाले गठबन्धनका रेशम गुरुङ अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा पनि अशोक राईको पार्टीका स्थायी समिति सदस्य पृथ्वीमान गुरुङलाई ठूलो मतान्तरमा पराजीत गर्दै एमालेका धनमान गुरुङ निर्वाचित भएका छन्।
देशभरका तमु गुरुङ संगठनका मतदाताहरूमध्ये कांग्रेस रु एमाले पक्षका उम्मेदवारलाई ३ सय ७५ मत परेको थियो भने एमाओवादी र जातीय पार्टीहरूको संयुक्त गठबन्धनलाई जम्मा ८९ मतमात्र परेको थियो।विशेषगरी नियोजित रुपमा अशोक राई र एमओवादी पक्षबाट पहिचान विरोधी भनेर हाम्रो पार्टीबाट जनजातिहरूलाई भड्काउने प्रयास भइरहेको बेला तमुको नयाँ नेतृत्वमा उनीहरूलाई पराजीत गरेर भ्रम चिर्नु थियो, त्यसमा हामी सफल भएका छौुं एमालेका एक गुरुङ नेताले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र