प्रधानमन्त्रीको टुंगो छैन मन्त्रीको लर्को !

२ फाल्गुन २०६९, बुधबार ०८:१७ मा प्रकाशित

काठमाडौं, २ फागुन । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन हुने ‘निष्पक्ष’ सरकारमा मन्त्री पनि निष्पक्ष अर्थात् गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरू बनाउने र मन्त्रिमण्डल बढीमा एघार सदस्यीय बनाइने चर्चा केही दिनयता राजधानीमा चलिरहेको छ । सरकारमा सुरक्षा निकायका खासगरी सेना र प्रहरीका पूर्वअधिकारीलाई सामेल नगरिए पनि २०६३ को परिवर्तनपश्चात् सरकारको विभिन्न ओहोदामा रही काम गरेका व्यक्तिलाई प्राथमिकताका साथ जिम्मेवारी दिने योजना बनेको बताइन्छ । यसअनुसार पूर्वमुख्यसचिव माधव घिमिरे, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्वसचिव रामेश्वर खनाल, पूर्व निर्वाचन आयुक्त डा. वीरेन्द्रप्रसाद मिश्र, गणेशमान गुरुङ, लोकराज बराल, पूर्वराजदूत केदारभक्त माथेमा, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा, उद्यमीहरू विनोदकुमार श्रेष्ठ र भवानी राणा, पूर्वप्रधानन्यायाधीशहरू सुरेन्द्र सिंह र केदारप्रसाद गिरी, डा. सुन्दरमणि दीक्षित तथा कृष्णबहादुर मानन्धरलगायतमध्येबाट बढीमा एघारजनालाई मन्त्रिमण्डलमा सामेल गरिनेबारे विचार–विमर्श भएको बुझिएको छ । मन्त्रिमण्डलमा सामेल गरिने तटस्थ तर प्रतिष्ठित व्यक्तिहरूको नाम खोजी गर्ने कार्य जारी रहेको छ ।
प्रधानन्यायाधीश रेग्मी मन्त्रिमण्डलमा कुनै पनि विवादास्पद एवम् खराब पृष्ठभूमिका व्यक्तिहरू नपरून् भन्नेमा सचेत रहेको बताइन्छ । त्यसैले जुन–जुन कुनाबाट नाम प्राप्त भए पनि रेग्मी सरकारप्रमुख भएमा उहाँको अन्तिम रायपश्चात् मात्र मन्त्रीको नाम टुङ्गो गरिने बुझिएको छ । सरकारप्रमुखमा खिलराज रेग्मीको चयन भए पनि मन्त्रिमण्डलमा आफूले चाहेको केही व्यक्ति सामेल गरिनुपर्ने राष्ट्रपति डा. रामवरण यादवको चाहना थियो, तर रेग्मीले सरकारको नेतृत्व पाए पनि राष्ट्रपतिले कसैलाई मन्त्री बनाउन पाउने सम्भावना भने ज्यादै कम मात्र रहेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल