भुटानीकरणको प्रयास भन्दै एमालेद्वारा एमाओवादीको प्रस्ताव अस्वीकृत

१ फाल्गुन २०६९, मंगलवार २३:१६ मा प्रकाशित

काठमाडौं, १ फागुन । नेकपा एमालेको मंगलबार आकस्मिक वैठक सम्पन्न भएको छ । केन्द्रीय कार्यालय मदननगर वल्खुमा सम्पन्न वैठकमा सहभागी अधिसंख्य केन्द्रिय सदस्यहरुले मुलुकको राजनीतिक परिस्थिति अत्यन्त गंभीर मोडमा पुगेको, नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र स्वाभिमानमा नै आघात पुर्याउने ढंगका गतिविधिहरु वढिरहेको र त्यसलाई नै वल पुर्याउने गरी एमाओवादी राष्ट्रिय आत्मसमर्पणवादी वाटोतर्फ अग्रसर रहेको भन्दै गंभीर चिन्ता प्रकट गरेका थिए । 
राजधानीमा उपलब्ध केन्द्रिय सदस्यहरुको उक्त वैठकले राजनीतिक परिवर्तनसंग जोडिएको संविधानसभाको निर्वाचन गराउने अभिभारा गैरराजनीतिक व्यक्तिको नेतृत्वमा पुरा हुन नसक्ने ठहर गरेको बताइएको छ । साथै वैठकले वहालवाला प्रधान न्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एमाओवादीको प्रस्ताव शक्तिपृथकीकरणको सिद्धान्त विपरित हुने ठहरका साथ त्यसलाई अस्विकार गर्ने निर्णय पनि गरेको छ । वाह्य शक्तिकेन्द्रको निर्देशनमा नेपाललाई भुटानीकरणको वाटोमा अघि वढाउने उदेश्यका साथ उक्त प्रस्ताव आएको हुनसक्ने आशंका समेत वैठकमा प्रकट भएको थियो । निरंकुश राजतन्त्र अन्तरगत भुटानको संविधानमा गरिएको व्यवस्थालाई एमाओवादीले आफ्नो प्रस्तावका रुपमा नेपालमा लाद्ने कोशिस गरेकोमा गंभीर चिन्ता समेत वैठकमा प्रकट भएको थियो । वैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रुपमा अस्विकार गर्ने निर्णय गरेको स्एमाले सचिव शंकर पोखरेलले जानकारी दिए ।
एमालेको यो निर्णय वर्तमान परिस्थितिमा लिइएको ऐतिहासिक निर्णय भएको नेता पोखरेलको ठहर छ । यसवाट नेकपा एमाले जनताको वहुदलीय जनवादका सिद्धान्त अन्तरगत संविधानवाद, लोकतन्त्रका आधारभुत मुल्य र राष्ट्रिय स्वाधिनता तथा स्वाभिमानका पक्षमा दृढ छ भन्ने स्पष्ट भएको दाबी उनको छ । सर्वसत्तावादका विरुद्धमा रहेका नेपाली कांग्रेस लगायत नेपालका राजनीतिक दलहरुलाई तदनुरुप निर्णय लिन र संविधानवाद, शक्तिपृथकीकरण्को सिद्धान्त तथा लोकतान्त्रिक मुल्यपद्धतीका पक्षमा दृढतापूर्वक उभिन पनि एमाले बैठकले आह्वान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने