एलपी ग्यासको भाउ बढ्यो, व्यावसायिक प्रयोजनका लागि नीलो रंगको सिलिण्डर

१ फाल्गुन २०६९, मंगलवार २२:४५ मा प्रकाशित

काठमाडौं, १ फागुन । पूर्व निर्धारित निर्णयअनुसार सरकारले एलपी ग्यासको दुई रंगको सिलिण्डर बिक्रीवितरण गर्ने भएको छ । यसअनुसार नेपाल आयल निगमले ग्यासको भाउ पनि वृद्धि गरेर प्रतिसिलिण्डर दुईहजार एक सय पुरयाएको छ । यो मूल्य व्यावसायिक उपभोक्ताका लागि हो । घरायसी प्रयोजनका लागि भने प्रतिसिलिण्डर १५ सय पचास मूल्य तोकिएको छ। पहिलेभन्दा यो ८० रुपैयाँ महंगो हो । घरायशी प्रयोजनका लागि सरकारले प्रतिसिलिण्डर ५ सय ५० रुपैयाँ अनुदान दिने भएको छ । 
अबदेखि घरायसी प्रयोजनका लागि ग्यासको रातो सिलिण्डर प्रयोग हुने छ भने व्यावसायिक प्रयोजनमा निलो । चार जनासम्मको परिवारले हरेक महिना एक सिलिण्डरको अनुदान पाउनेछन् । बताइएअनुसार घरासयी प्रयोजनका लागि ग्यास खरिद गर्दा सरकारले प्रदान गरेको खरिद कार्डअनुसार बिल तोकेको बैंकमा पेस गरेपछि अनुदान पाइन्छ । अनुदान दुई महिनाभित्र लिइ सक्नुपर्छ । यसबारे विस्तृत जानकारी पछि सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि