
काठमाडौं, १ फागुन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख ठूला तीन दलका शीर्ष नेताहरुका कारण मुलुकको अवस्था बिग्रिएको दावी गरेका छन् । उनले संविधानसभालाई संविधान निर्माण नगरी बिघटन गराएर तीन दलका केही नेताहरुले मुलुकलाई बर्बादीतिर धकेलेको आरोप लगाए ।
पार्टी कार्यकर्ता रेखा यादवद्धारा प्रकाशित/सम्पादित द पपुलर टाईम्स मासिक पत्रिकाको विमोचनका लागि आयोजित कार्यक्रमबीच उनले वर्तमान सरकारले मुलुकको अर्थतन्त्र, सुरक्षा, कानूनी शासन र विधीको शासनको उपहास गरेकोले यो सरकारको बहिर्गमन नभई निकास ननिस्कने दावी गर्दै सञ्चारमाध्यमले राष्ट्रलाई निकास दिने गरी सत्य तथ्य उजागर गर्नु पर्ने जिकिर गरे ।
मुलुक संकटमा परेको बेला पत्रकारिता झनै चुनौतिपूर्ण हुने भन्दै यस्तो अवस्थामा पत्रकारिता अघि बढाउन झनै कठिन रहेको बताए । महिलाको सम्पादन र प्रकाशनमा पत्रिका निष्केकोमा खुसी ब्यक्त गर्दै महिला शसक्तिकरणको लागि पत्रिकारलाई समर्पित गर्न सुझाव दिए ।
सोही कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिहले सस्तो राजनीतिक कुरालाई छाडेर बृहत् राष्ट्रिय स्वार्थमा कलम चलाउन पत्रकारहरुलाई सुझाव दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा
हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा
काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही