पूर्व राजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा: राजा हेर्न मानव सागर उर्लियो

१७ चैत्र २०६८, शुक्रबार १९:४५ मा प्रकाशित

महेन्द्रनगर, १७ चैत । सुदूरपश्चिम भ्रमणमा रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भ्रमणको दोस्रो दिन उर्लिएको स्थानीय मानवसागरका विच  कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको  सिद्धनाथ मन्दिरमा पूजा  अर्चना गर्नु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिमका तराईका  जिल्ला कैलाली र कञ्चनपुरको चार दिने भ्रमणका क्रममा बिहीबार धनगढी पुग्नु भएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह धनगढीबाट महेन्द्रनगर आइपुग्दा स्थानीय मदनचोकदेखि सिद्धनाथ मन्दिरसम्म उर्लिएको मानवसागरले जय जयकार गरी स्वागत गरेका थियो । पूर्वराजा शाह महेन्द्रनगर बजारदेखि करिब आधा किलोमिटर पैदलै मन्दिर पुग्नु भएको थियो । उर्लिएको मानब सागरले ठेलम ठेल्को अवस्था सिर्जना भएका  कारण पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमण  सहज बनाउन सुरक्षाकर्मीलाई  कठिन परेको थियो ।  उर्लिएको मानवसागरका कारण पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि धनगढी र महेन्द्रनगरमा सशस्त्र प्रहरी र प्रहरीको टोली परिचालन गरिएको थियो भने  शिवसेना अंकित पहेलो टिसर्ट लगाएका पनि स्वयंसेवी स्थानीय युवाहरुको समुहले पूर्वराजाको भ्रमणलाइ ब्यबस्थित पारेका  थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह शिवसेना नेपालका सयौं युवा कार्यकर्ता र समर्थकको मोटरसाइकल र्‍यालीका बीच धनगढीबाट महेन्द्रनगर पुग्नु भएको थियो । धनगढीदेखि महेन्द्रनगरसम्मको करिब ६० किलोमिटर यात्राका बीच कञ्चनपुरको गुलरिया र झलारीको वनसमितिमा उर्लिएको स्थानीयवासीको मानब सागरले उहाँको भब्य स्वागत गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सिध्दनाथ मन्दिरभित्र प्रवेश गरी पूजापाठ गरेपछि मन्दिर परिसरमै ब्राह्मणहरुको समूहले रुद्रीपाठ गरेका थिए । सिद्धनाथ मन्दिरको पूजापछि उहाँले स्थानिय ओपेरा होटेलमा स्थानीयवासी र आफ्ना समर्थकसँग भेटघाट गर्ने कार्यक्रम छ ।

महेन्द्नगरमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि स्थायी व्यवसायी बलराम चटौतको संयोजकत्वमा १ हजार १ सदस्यीय समिति गठन गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार धनगढी फर्कने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) हङकङले कास्कीको माछापुच्छ गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । एनआरएनएले

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका