भारतीयद्वारा तीर्थालुससँग अवैध रकम असुली

१ फाल्गुन २०६९, मंगलवार १७:०३ मा प्रकाशित

आरपी उपाध्याय/ नवलपरासी, १ फागुन । नवलपरासी त्रिवेणी सुस्ता गाविसस्थित गण्डक ब्यारेज नाका हुँदै चितवनको वाल्मीकि आश्रम जाँदा भारतीय वन विभागले नेपाली नम्वरप्लेटका गाडीबाट रकम असुली गर्न थालेका छन् ।
त्रिवेणी क्षेत्रअन्तर्गत पर्ने चितवन गर्दी गाविस–२ मा पर्ने वाल्मीकि आश्रममा जाँदा भारतीय वन विभागले प्रतिगाडी दुई सय चालीस रुपैयाँ र गाडीमा सवार व्यक्तिसँग थप चालीस रुपैयाँ लिन थालेपछि वाल्मीकि आश्रम जाने तीर्थालुहरुमा कमी आउन थालेको छ । नेपालीहरु नेपालकै भूभागमा पर्ने वाल्मीकि आश्रम जा“दा भारतीय वन विभागलाई ट्याक्स तिरेर जानुपर्दा भारतीयहरुले घुमाउरो रुपमा रोक लगाउन थालेको बुझिन आएको छ । वाल्मीकि आश्रम सीता माता मन्दिरमा लामो समयदेखि पूजा गर्दै आउनुभएका पुजारी शेखर सुवेदीले भारतीय वन सुरक्षाकर्मी नेपाली तीर्थालु बोकी आश्रम जाने नेपाली नम्बरप्लेटका सवारीसाधनसँग गैरकानुनी रकम असुली प्रकरणले भारतीयबाट कूटनीतिक मर्यादा उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।
नवलपरासीको त्रिवेणी धामबाट नारायणी नदी पार गरी घण्टौँ जंगल यात्रा गरी वाल्मीकि आश्रम जानुपर्ने अवस्था आएको हो । भारतीय वन विभागले तीर्थालुबाट रकम असुली गर्न थालेपछि उत्पन्न असहज अवस्थाबारे प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकको ध्यानाकर्षण गराउँदा प्रजिअ लेखकले बिहार प्रान्तको डीएमसँग समन्वय गरी निकास निकालिने बताउनुभए पनि समस्या समाधान हुन सकेको छैन । नेपालको प्रमुख धार्मिक धरोहरमध्ये एक वाल्मीकि आश्रम अनकन्टार जङ्गलको बीचमा परेको जिल्ला सदरमुकाम भरतपुर ५० किलोमिटर दूरीमा रहेकोले सुगम बाटो भारत भूमि नै रहेको कारण नेपाली पर्यटक र तीर्थालु भारत भूमिको प्रयोग गर्दै आउने–जाने गरेका हुन् । विगत ४ महिनादेखि वाल्मीकि आश्रम जाने तीर्थालुसँग रकम असुल गर्न थालेको प्रकरण सार्वजनिक भए पनि नेपाली पक्षले भने समस्या समाधान गर्नुभन्दा कानमा तेल हालेर बसेकोले समस्या दिनप्रतिदिन चुलिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार