तमलोपाका नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग

१ फाल्गुन २०६९, मंगलवार १६:०९ मा प्रकाशित

काठमाडौं, १ फागुन । तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य अशोकजंग राणासहित नवलपरासी जिल्लाका २२ नेता–कार्यकर्ताले पार्टीसँग गहिरो असन्तुष्टि रहेको भन्दै सामूहिक राजीनामा दिएका छन् ।
परासी प्रतापपुर गाविसको अठिलहीमा पत्रकार सम्मेलनको आयोजना गरी राणासहितका नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् । पार्टीबाट राजीनामा दिनेहरुले राजीनामाको घोषणा गर्दै पे्रस विज्ञप्ति पनि जारी गरेका थिए । केन्द्रीय सदस्य राणासहित राजीनामा दिनेहरुले देशको आधा जनसंख्या रहेको तराई भू–भागको १३ जिल्लामा उखुखेती गरी चिनी उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर बनाउने प्रयास रहेको छ, तर सरकारमा सहभागी बहुसंख्यक सदस्य उखु उत्पादक क्षेत्रकै भएर पनि उखु किसान र चिनी–उद्योगपतिबीच भएको सम्झौता कार्यान्वयन गराउने सवालमा आँखा चिम्लिएर बसेपछि स्थानीय कार्यकर्ता असन्तुष्ट बन्न पुगेको बुझिएको छ । पटकपटक मन्त्रीहरुलाई लिखित आग्रह गर्दा पनि कार्यान्वयन गराउन नसक्नु लाजमर्दो कुरा रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा ‘हामीहरुको आस्था रहेको तराई–मधेस लोकतान्त्रिक पार्टीका प्रभावशाली मन्त्री हृदयेश त्रिपाठी पनि उखु किसान परिवारकै सदस्य रहेका छन्’ भन्दै किसानले आफ्नो वर्गीय हितका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा प्रशासनद्वारा दमन गर्न लगाएको र किसानलाई दबाउने प्रयास गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ । किसानविरोधी कार्य गरेको भन्दै सो कार्यबाट निराश भई नवलपरासीका किसानका हकहितलाई ध्यानमा राखी तराई–मधेस लोकतान्त्रिक पार्टीको साधारण सदस्यसमेतबाट राजीनामा दिएको पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ । तराई–मधेस लोकतान्त्रिक पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनेहरुमा जिल्ला प्रवक्ता उमेशचन्द्र यादव, क्षेत्र नं. ६ का क्षेत्रीय उपाध्यक्ष विस्मिल्लाह अन्सारी, प्रतापपुर इकाइ अध्यक्ष खेमनारायण फौज्दार, गुठी परसौनी इकाइ अध्यक्ष लक्ष्मी हरिजन, कुडिया इकाइ अध्यक्ष पृथ्वी विन, क्षेत्रीय सचिव महादेव यादव, क्षेत्रीय प्रतिनिधि रामचन्द्र वर्मा, इकाइ अध्यक्ष गुठी सूर्यपूराका रविस यादवलगायत रहेका छन् । तमलोपा पार्टी परित्यागपछि कुन पार्टी प्रवेश गर्नुहुन्छ भन्न प्रश्नको जवाफमा राजीनामा दिएका केन्द्रीय सदस्य राणाले तत्कालका लागि स्वतन्त्र बस्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय