दलहरूलाई असक्षम तुल्याउन एमाओवादी उद्दत : ओली

१ फाल्गुन २०६९, मंगलवार १४:०२ मा प्रकाशित

विष्णु सुब्बा/ दमक, १ फागुन । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एकीकृत माओवादी आफू असफल भएपछि सम्पूर्ण राजनीतिक शक्तिलाई समेत असफल बनाउन उद्दत रहेको बताएका छन् ।
गृहनगर दमकमा मंगलबार प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा ओलीले राजनीतिक दलहरु असफल नभएको तर स्वयम् एमाओवादीको असफलताका कारण अन्य दलहरु पनि घानमा परेको टिपप्णी गरे । उनले माओवादीले आफ्नो राजनैतिक असफलताको प्रतिशोध अन्य राजनैतिक दलहरुसँग साँधेको बताए ।
बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको अफर गरेर राजनीतिक दलहरुको असक्षमता प्रमाणित गर्न उद्दत एकीकृत माओवादीलाई ओलीले प्रमाणित गरेर देखाउन चुनौतीसमेत दिए । राजनैतिक निकासका लागि माओवादीको एजेण्डा स्वार्थपूर्तिका लागि मात्र केन्द्रीत भएको र त्यो सम्भव नहुने तर्क ओलीको थियो । उनले माओवादीले अझै पनि राजनीतिक शक्तिका रुपमा परिचय दिन नसकेको र उसले राजनीतिक दलहरुलाई असक्षमको ट्याग भिराउन खोजेको बताए । ओलीले भने, ‘कांग्रेसले नेतृत्व गर्ने हिम्मत राखेन, त्यसैले अब एमालेले चुनावी सरकारको नेतृत्व लिन्छ ।’
प्रधानन्यायधीशको राजीनामापछि मात्र विकल्पहरुमाथि छलफल केन्द्रीत हुनसक्ने उनको भनाइ थियो । तर अहिले पनि दलहरु प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने कुरामा सहमत नभएको ओलीको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताहरुले दक्षिण

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

आजको प्रमुख समाचार