सहमतिका लागि दलहरु शितल निवास धाउँदै

१ फाल्गुन २०६९, मंगलवार १२:५१ मा प्रकाशित

काठमाडौं, १ फागुन । दुई दिनभित्र महत्वपूर्ण सहमति गरिने दाबीका साथ गत शुक्रबार मिडियासमक्ष प्रस्तुत भएका राजनीतिक दलका नेताहरु सोमबार राष्ट्रपतिलाई भेटिसक्दा पनि कुनै सहमतिमा पुग्न सकेनन् । एमाओवादीका तर्फबाट अघिसारिएको प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व सुम्पने प्रस्तावका कारण तरंगित बन्न पुगेको नेपाली राजनीति तत्काल सरकार परिवर्तन हुने चर्चाले तात्न पुगेको छ । तर चुनावी सरकार कस्को नेतृत्वमा बनाउने न्नेमा त्यति सजिलै टुंगो लाग्ने अवस्थाको कल्पना गर्न भने सकिएको छैन ।
यही परिवेशमा निर्णायक छलफल र सहमति गर्ने भन्दै आज मंगलबार पनि दलका नेताहरु शितल निवास जाँदैछन् । राष्ट्रपतिलाई भेट्न जानुअघि दिनभर छलफल गरी कुनै निचोडमा पुग्ने दाबी भने दलहरुले गरेका छन् । बताइएअनुसार साँझ ५ बजे अगाडि पार्टीहरुले आन्तरिक तथा दुई पक्षीय लगायतका बैठक सकेर राष्ट्रपतिसंगै चार दलका नेताहरुसहितको बैठक बस्ने तयारी छ ।
दाबी जे गरिए पनि सहमति बन्नेमा सम्भावना किन पनि देखिँदैछ भने दलहरु प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन सैद्धान्तिक रुपमा सहमत देखिएपनि विपक्षीले त्यसका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने धारणा राखेको छ । विपक्षीले कार्यकारिणी र न्यायिक अधिकार एउटै व्यक्तिमा हुन नहुने भन्दै आएको छ । यो विपक्षी अडान बदलिएन भने सहमतिको सम्भावना फेरि पनि टाढिने निश्चित छ । किनकि, एमाओवादी प्रधानन्यायाधीश खिलराज रेग्मीको नाममा अडान नछोड्ने गरी अडिने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत