सरकार परिवर्तनको सम्भावनासँगै ढुकुटीमा लामो हात, अवैध धन्दामा बढोत्तरी

१ फाल्गुन २०६९, मंगलवार ०९:४६ मा प्रकाशित

काठमाडौं, १ फागुन । सरकार परिवर्तनको सम्भावनाले तिब्रता लिएसँगै सत्ताधारीहरुका निजी स्वार्थसँग जोडिएका विषयहरुमा धमाधम निर्णय र कार्यान्वयन हुनथालेको अनुभूति गरिएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईको माक्र्सवादी अध्ययन केन्द्रलाई रातारात उपलब्ध गराइन लागेको साठी लाख रकमको सन्दर्भ होस् या नेपाल वायु सेवा निगमका लागि एयरबस किन्ने पुरानो निर्णयलाई पुनः अनुमोदन गराइएको सन्दर्भ होस्, व्यक्तिगत लाभ लिने अन्तिम मौका सम्झेर चलखेल भएकै अर्थमा लिन सकिन्छ ।
तर, यसभन्दा गम्भीर विषय त अर्को देखिएको छ । आफू गृहमन्त्री बनेपछि अपराध र तस्करीका घटना बन्द भएको दाबी गर्दैआएका बिजय गच्छदारले पद जाने सम्भावना बढेपछि आफ्नो संरक्षणमा रहेका आपराधिक तथा अवैध धन्दामा संलग्न व्यक्तिहरुलाई क्रियाशील तुल्याएर सक्दो आर्थिक लाभ लिने कोशिस गर्न थालेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यसै सिलसिलाअन्तर्गत गच्छदारको निर्देशन र संरक्षणमा हुन लागेको रक्तचन्दन तस्करीको घटना उजागर हुन पुगेको छ । सशस्त्र प्रहरीले अरनिको राजमार्गकोको लामोसाँघु क्षेत्रमा चीनतर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणमा रक्तचन्दन बरामद गरेपछि यसको पुष्टि भएको हो । आज बिहानै सशस्त्र प्रहरीको एक टोलीले उक्त स्थानमा ४ सय २५ किलो  बा. २ ख ८७२३ नम्बरको ट्रकमा परालले छोपेर खासा तर्फ लैजाँदै गरिएको रक्तचन्दनका २० वटा गोलिया बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । रक्तचन्दन बोकेका ट्रकका चालक पूर्ण तामाङ र सहयोगी सोनाम तामाङ सहित ट्रकलाई नियन्त्रणमा लिइएको छ । यस विषयमा अनुसन्धान सुरुगरिएको र प्रारम्भिक अनुसन्धानमै सो रक्तचन्दन गृहमन्त्रीका दायाँहातको भूमिकामा रहेका एक डनको प्रत्यक्ष निर्देशनमा तस्करी हुन लागेको देखिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा