लुम्बिनीमा मनाइयो चिनियाँ नयाँवर्ष

२९ माघ २०६९, सोमबार २२:४६ मा प्रकाशित

रुपन्देही, २९ माघ । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा चिनियाँ नयाँबर्ष मनाइएको छ । चिनियाँ मन्दिरमा फुल, अछेता र फलफुलचढाउने गर्दै आएको नेपाल–चीन मैत्री समाजले यस बर्ष भने कार्यक्रम लुम्बिनीमै आयोजना गरी सम्पन्न गरेको छ । लुम्बिन स्थित चिनियाँ गुम्बाका द्धितिय गुरु मिङ हावले बिश्वशान्तिको कामना गर्दै पवित्र लुम्बिनीबाट समस्त बुद्ध धर्मालम्बीहरुलाई शुभकामना आदानप्रदान गर्न पाएकोमा आफु खुसी भएको बताए । नेपाल–चीन मैत्री समाजका तर्फबाट प्रकाशित नेपाल र चीनसम्बन्धी जानकारीमुलक स्मारिका  पनि कार्यक्रममा चिनिया मन्दिरका द्धितिय गुरु र लुम्बिनी बिकास कोषका सदस्य–सचिव अजितमान तामाङले संयुक्त रुपमा लोर्कापण गरेका थिए । लूम्बिनीस्थित चिनियाँ बौद्ध गुम्बामा चिनियाँ गुरुहरु, लुम्बिनी बिकास कोषका पदाधिकारीहरु, नेपाल–चीन मैत्री समाज लुम्बिनीका पदाधिकारीहरु, लुम्बिनीस्थित बिभिन्न गुम्बाका भिक्षुहरु, स्थानिय समाजसेबी, पत्रकार, प्राध्यापक, साहित्यकारहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र