भावी रणनीति तय गर्न मधेसी मोर्चाको बैठक जारी

१७ चैत्र २०६८, शुक्रबार ०९:३९ मा प्रकाशित

काठमाडौ, १७ चैत । समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक अहिले बसिरहेको छ । सर्वोच्च अदालतले संविधानसभाको म्याद थप्ननमिल्ने आफैले यसअघि गरेको आदेशलाई सदर गरेपछि अवको रणनीतिको बारेमा छलफल गर्न मोर्चाको बैठक बसेको हो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक बसिरहेको छ । मोर्चाको बैठकमा सर्वोच्चको आदेश र आगामी दिशाको बारेमा छलफल हुने फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार शान्ति र संविधानमा प्रमुख दलहरुको छलफल र मोर्चाको भूमिकाको बारेमा पनि बैठकमा कुराकानी हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट