उद्योगमा प्रदुषण नियन्त्रण आवश्यक

२९ माघ २०६९, सोमबार २२:३५ मा प्रकाशित

रुपन्देही, २९ माघ । घरेलु तथा साना उद्योग महासंघ रुपन्देही र दिगो निर्माण अभ्यास परियोजनाको संयुक्त अयोजनामा वातावरणीय प्रदुषण कम गर्दै कम लागानीमा ईट्टा उद्योग संचालनबार ेकार्याशाला गोष्ठी सम्पन्न भएको छ । रुपन्देहीको मणिग्राममा आयोजित कार्यक्रममा विदेशी आधुिनक प्रविधिको उपयोग गर्दै त्यस्तो इट्टा उद्योग संचालन गर्न सकिने भन्दै सरोकारवालाहरुले त्यस्तो प्रविधिको जानकारी व्यापक बनाउनु पर्ने बताए । सो अवसरमा नेपालमा इट्टा उद्योग संचालनमा प्रदुषणबारे गुनासो बढिरहेको अवस्थामा यस्तो प्रविधि भित्रिनु स्वागतयोग्य रहेको बताए ।
नेपाल घरेलु तथा सना उद्योग महासघंका जिल्ला अध्यक्ष कन्हैयालाल कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी कृष्ण खनाल, घरेलु तथा सना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष श्याम गिरी, रुपन्देही उद्योग संघका अध्यक्ष तेज कुमार पाठक, रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष श्रीकृष्ण पोखरेल, नेपाल ईन्जिनियरिङ एशोसिएसनका रुपन्देही सचिव दुजेन्द्र बस्नेत, एससिपी परियोजनाका फिल्ड कार्यालय प्रमुख चुडा भट्टराई, किरण खरेल लगायतले बोल्दै यस्तो प्रविधिको विकासका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८–८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

आजको प्रमुख समाचार