आफ्नै आमाको हत्यारा पुन प्रहरी नियन्त्रणमा

२९ माघ २०६९, सोमबार २१:१२ मा प्रकाशित

काठमाडौं, २९ माघ । आफ्नै आमाको हत्या गरेको अभियोगमा प्युठान जिल्ला माझकोट–८ काफलकोट बस्ने ४२ वर्षीय छविलाल पुनलाई प्रहरीले पक्राउ गरेको छ । पुनले ८३ वर्षीया आमा शशी पुनको हत्या गरेको जानकारी पाएपछि गाउँलेले उनलाई नियन्त्रणमा राखेर प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै अस्थायी प्रहरी पोष्ट बाग्दुलाबाट खटिएको प्रहरी टोलीले पुनलाई नियन्त्रणमा लिएर अनुसन्धानलगायत कानुनी कारबाही सुरु गरेको छ ।
यसैबीच एक १३ वर्षीया बालिकालाई बलात्कार गर्ने सल्यान डाँडागाउँ–५ स्यालपानी बस्ने ६२ वर्षीय चन्द्रबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्तले गत शनिबारस्यालपानीस्थित जंगलमा सोही ठाउँ बस्ने ती बालिकालाई जबरजस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा

काठमाडौं- विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज २४औँ