आपसी द्वन्द्वमा घाइते एकको मृत्यु, आजदेखि बजारसमेत बन्द

१७ चैत्र २०६८, शुक्रबार ०९:३६ मा प्रकाशित

कपिलबस्तु, १७ चैत । कपिलवस्तुको कृष्णनगरमा बुधबार भएको कुटाकुटबाट घाइते भई लखनउमा औषधी उपचार गराउने क्रममा एक जनाको मृत्यु भएको छ । मृतकको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । कुटाकुटबाट १२ जना घाइते भएका छन् । घटनालाई लिएर आज तेस्रो दिन पनि चन्दौटा कृष्णनगर सडक खण्ड बन्द रहेको छ । प्रहरीले दोषीलाई कारवाही नगरेको भन्दै आजदेखि कृष्णनगर बजार पनि बन्द गरिने जीप व्यवसायी समितिले  जनाएको छ । बन्दबाट यात्रुहरुलाई आवत जावतमा कठिनाई भएको छ ।  आपसी विवादका कारण कृष्णनगर जीप ब्यवसायी समिति अध्यक्ष जावेद आलम र शिवानगर गाविस स्थित खैरा गाउ का अल्टमोसको समुहबीच कुटाकुट भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको