बहालवाला प्रधानन्यायाधीश निस्पक्ष सावित हुने नागरिक समाजका अगुवाहरुको दाबी

२९ माघ २०६९, सोमबार १५:३० मा प्रकाशित

काठमाडौ, २९ माघ । ‘नागरिक समाज’का नाममा संघ–संस्था खोलेका केही कथित अगुवाहरुले बहालवाला प्रधानन्यायधीश भन्दा स्वतन्त्र ब्यक्ति अरु हुन नसक्ने भन्दै उनकै नेतृत्वमा बन्ने सरकारले निष्पक्ष निर्वाचन गराउन सक्ने विश्वास ब्यक्त गरेका छन् । राजधानीमा सोमबार आयोजित साक्षात्कारमा नेपाल नागरिक समाजका अध्यक्ष हिमालय शमसेर जवराले दलहरुवीच राजनीतिज्ञ र स्वतन्त्र ब्यक्तिमा सहमति हुन नसकेको अवस्थामा बहालबाला प्रधानन्यायधिसको नेतृत्व निर्विवाद हुने विश्वास ब्यक्त गरे । उनले निर्वाचन गरे पछि पुन सर्वोच्चमै फर्किने गरी प्रधानन्यायधिशलाई चुनावी सरकारको नेतृत्व दिन सकिने तर्क गरे । लोकतन्त्रमा नेतृत्व दलकै हुनुपर्नेमा आफूहरु स्पष्ट रहे पनि मुलुकको संबैधानिक अगंहरुनै भद्रगोल हुन थालिसकेकोले अहिले कुनै विवाद नगरी लोकतन्त्रलाई बचाउन यो विकल्पमा जान दलहरुलाई सुझाव दिए ।
नागरिक समाज (नेपाल)का अध्यक्ष खेमराज रेग्मीले सरकार स्वेच्छाचारी बन्दै गएको, जनता निरिह बन्दै गएको अवस्था भएको, दलिय र स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सहमति हुन नसकेकोले प्रधानन्यायधिसको नेतृत्वमा जानुको विकल्प नभएको दावी गरे । उनले प्रधानमन्त्री बन्दा प्रधानन्यायधिश नरहने भएकोले शक्ति सन्तुलनमा समस्या हुने भनी दर्शाइएको चिन्ताको कुनै अर्थ नभएको स्पष्ट पार्दै भने– ‘यो विकल्प उत्तम त होइन तर अहिलेको अवस्थामा सबैभन्दा कम विवादित विषय हो । मुलुकलाई अब ठूलो क्षती हुनबाट बचाउन यो विकल्पमा जानुको कुनै विकल्प छैन ।’
डा. दिनेश भट्टराईले संकटमा परेको प्रजातन्त्रलाई बचाउन, जनआन्दोलनको उपलब्धि संस्थागत गर्न  जनप्रतिनिधिमुलक संस्था आवश्यक रहेकोले निर्वाचन तत्काल आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि अहिलेको विवादीत र अन्यौलग्रस्त अवस्थामा प्रधानन्यायधिशको नेतृत्व उपयूक्त विकल्प भएको तर्क गरे ।
मधेसी नागरिक समाजका संयोजक गणेशकुमार मण्डलले मुलुकलाई निकास दिन अहिले निर्वाचनको आवश्यकता परेकोले सबैभन्दा कम विवादित विकल्पको रुपमा प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार गठन गरेर अघि बढ्नु पर्ने धारणा राखे भने मधेसी नागरिक समाजकै श्यामकुमार महतोले प्रजातन्त्र नै संकटमा परेकोले प्रजातन्त्र बचाउन ब्यवस्थापिका नभएको र कार्यपालिका कामचलाउन भएकोले न्यायपालिका अघि आउँदा शक्ति पृथकिकरणमा कुनै असर नपर्ने तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

न्यूयोर्क । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष