दलका नेताहरुले साँझ राष्ट्रपति भेट्ने, आजै महत्वपूर्ण निर्णय हुनसक्ने दाबी

२९ माघ २०६९, सोमबार १२:२२ मा प्रकाशित

काठमाडौ, २९ माघ । सहमतिको खोजीमा छलफलमा जुटेका प्रमुख दलहरुले सोमबारसाँझ राष्ट्रपति डा. रामवरण यादवसँग छलफलको समय तय गरेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका नेताहरु वार्तामा सहभागि थिए भने बिहान भएको छलफलमा आगामी जेठ १५ गते सम्ममा संविधानसभाको निर्वाचन गर्ने विषयमा मोटामोटी सहमति बनेकोले स्वतन्त्र व्याक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने मुद्दामा सहमति खोज्न राष्ट्रपतिसँग दलहरुले परामर्श गर्न लागेको बुझिएको छ । 
प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि जेठ १५ मा संविधानसभाको चुनाव गर्नेगरी सोमबार बेलुका सम्म सहमति जुट्ने विश्वास ब्यक्त गरेका छन् । चुनावमा जान दलहरु सहमत भएकाले सरकारको विषयमा पनि सहमति हुने उनले सञ्चारकर्मीहरुसँग बताए नेतृत्व कसले गर्ने भन्ने विषयमा भने ठोस सहमति बन्न नसकेको उनले संकेत गरे । यसरी एकाएक राजनीतिक सहमतिको वातावरण बन्न लागेको परिवेशमा कांग्रेस र एमालेले पनि आन्तरिक छलफलको तयारी गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने