लडाकु समायोजनाको मापदण्ड आज सार्वजनिक हुने

१७ चैत्र २०६८, शुक्रबार ०९:३३ मा प्रकाशित

काठमाडौ, १७ चैत । माओवादी लडाकुहरुलाई नेपाली सेनामा समायोजन गर्ने मापदण्ड तथा कार्ययोजना आज सार्वजनिक हुने भएको छ । लडाकुले पाउने दर्जा, मापदण्डको बारेमा दलहरु सहमति नजिक पुगेकोले समायोजनको मापदण्ड आजै सार्वजनिक हुने संभावना बढेको सचिवालय स्रोतले जनाएको छ । कार्ययोजना तथा मापदण्डलाई अन्तिम रुप दिन विशेष समितिको बैठक मध्यान्ह् १२ बजेपछि विशेष समितिको सचिवालय नयाँवानेश्वरमा बस्नेछ । स्रोतका अनुसार नेपाली सेनामा समायोजन हुने लडाकुलाई एउटा कर्णेलसम्म दिने अनौपचारिक सहमति दलहरुबीच भएको छ । समायोजन रोज्ने लडाकु र हतियारलाई चैत मसान्तभित्रैमा सेनाको जिम्मा लगाउने गरी विशेष समितिको मातहतमा रहेको सचिवालयले कार्ययोजना बनाएको सचिवालय स्रोतले जानकारी दिएको छ । तयार भएको कार्ययोजनालाई लिखित रुप दिन सचिवालयको बैठक अहिले केहीबेरमा सुरु हुँदैछ । सचिवालयले समायोजनको कार्ययोजना आजै बिशेष समितिलाई बुझाउने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

सिन्धुपाल्चोक । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको

काठमाडौं । आर्थिकरूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ । अमेरिकी अर्थ मन्त्रालय

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता हुनसक्ने