‘मातृका माओवादी’को दलको बेग्लै दाबी

२९ माघ २०६९, सोमबार ११:३१ मा प्रकाशित

काठमाडौं, २९ माघ । नेकपा (माओवादी)का एक केन्द्रिय नेताले डा.बाबुराम भट्टराई नेतृत्वको सरकार भारतीय दलालीको भरमा टिकीरहेको आरोप लगाएका छन् । मातृका यादव नेतृत्वको माओवादीका केन्द्रीय सदस्य विक्रान्त यादवले प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष प्रचण्डबीच यतिबेला भारतको दलाली गर्ने प्रतिष्पर्धा नै चलेको समेत बताएका छन् । सो पार्टीको विशेष प्रभाव रहेको जिल्लाका रुपमा चिनिने उदयपुरमा आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका क्रममा यादवले एमाओवादी नेतृत्वको सत्ता टिक्नुको रहस्य नै भारतको गुलामी र दलाली भएको आरोप लगाउँदै जसले बढी दलाली र गुलामी गर्न सक्यो उही प्रधानमन्त्री हुने भएकाले अध्यक्ष र उपाध्यक्षमध्ये कस्ले बढी भारतीय दलाल बन्न सक्ने भन्ने बारेमा ठूलो प्रतिस्पर्धा चलिरहेको बताए । 
जिल्लास्तरीय भनिएको प्रशिक्षणमा लगभग छ दर्जन जति मात्र कार्यकर्ता भेला भए पनि विक्रान्तले आफ्नो पार्टी एक मात्र वास्तविक कम्युनिस्ट पार्टी भएकोले एक दिन सबभन्दा ठूलो दलका रुपमा स्थापित हुने दाबी समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव