लमजुङमा ६९ बर्षिया बृद्धा बलात्कृत

२९ माघ २०६९, सोमबार १०:३७ मा प्रकाशित

छविलाल बगाले/ २९ माघ । १३ बर्षिया स्कुले बालिकालाई ६० बर्षिय बृद्धले बलात्कार गरेको दुई साता नबित्दै लमजुङको इशानेश्वर गाउँ विकास समितिमा ६९ बर्षिया बृद्धा बलात्कृत भएकी छन् ।
आफ्नै घरमा मदिरा सेवन गर्न आएका एक युवकले अत्याधिक मात्रामा मदिरा सेवन गरि बलात्कार गरेको पीडित बृद्धाले वताएकी छिन् । गत २४ गते वेलुकी घरमा आएर रक्सी खाएका इशानेश्वर–८, करापुटारका शशी बास्तोलाले आफूमाथि बलात्कार गरेको पीडित बृद्धालाई उद्धत गर्दै प्रहरीले जनाएको छ । प्रहरीले बलात्कारको आरोपमा २३ बर्षिय शशी बास्तोलालाई पक्राउ गरेको छ ।
पिडितका आफन्तले उजुरी दिएपछि इलाका प्रहरी कार्यलय भोर्लेटारबाट खटिएका प्रहरी टोलीले बृद्धालाई बलत्कार गरेको आरोप लागेका बास्तोलालाई पक्राउ गरेको हो । पक्राउ परेका बास्तोला र पिडित बृद्धाको परीक्षणका लागि सदरमुकाम बेशिहसहर सीथत लमजुङ सामुदायिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । बलत्कारको अभियोगमा पक्राउ परेका युवकलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यलय लमजुङले जनाएको छ ।
यसैगरी, लमजुङमा लागुऔषधका दुब्र्यसनी र कारोबार बढ्दै गएको बेला प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । लागु पदार्थ सेवन र ओसारपोसारमा संलग्न भएको आरोपमा प्रहरीले वेसीशहर गाविस–९, शेराका २४ बर्षिय सुवास अधिकारीलाई पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीको साथबाट प्रहरीले डाईजेपाम र नोफिन २÷२ थान, लुफिजेसिज १ थान, सिरिञ्ज ५ वटा साथै प्रयोग गरिसकेका खाली शिशिहरु बरामद गरेको लमजुङका प्रहरी नायव उपरिक्षक गोरखसिँह भण्डारीले जनाएको दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार