मेरिल्यान्डको घरे कबाबमा नायिका रेखा थापा सम्मानित

२९ माघ २०६९, सोमबार ०८:४४ मा प्रकाशित

मेरिल्याण्ड, अमेरिका । नायिका रेखा थापालाई मेरिल्याण्ड र वाशिंगटन डिसीका नेपालीहरुले अभिनन्दन गरेका छन् । नायिका थापाले नेपाली चलचित्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै मेरिल्याण्ड र वाशिंगटन डिसीका नेपाली समुदायले नायिका थापालाई सम्मानित गरेका हुन् । करिब १०० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरि सकेकि नायिका थापाको आफनी निर्माण रहेको चलचित्रहरु अजम्बरी नाता,हिम्मत ,किस्मत, हिफाजत र अन्दाज हुन् ल आफुलाई गरिएको सम्मान पछि नायिका थापाले भनिन, ‘अमेरिका आउने सबैले भाडा माझ्न पर्छ भन्ने मेरो सोचाई गलत रहेछ । नेपाली चलचित्र उद्योग फ़ताउदै गएको दावी गर्दै उनले भनिन नेपाली चलचित्रलाई भारतीय चलचित्रसंग तुलना नगरी दिनुहोस । समारोहमा नेपली मुलका अमेरिकीहरु लक्ष्मण प्रधान ,खिलेन्द्र न्यौपाने ,प्रकाश नेपाल ,आनन्दु लामा ,विश्व राज थापा,रमा सिंह ,बिष्णु कुमारी थापा तथा डा एकराज लुईटेलले नायिका रेखालाई जिज्ञाशा राख्नु भएको थियो । अभिनन्दन समारोहमा डेमोक्र्याट पार्टी भर्जिनिया राज्यका लाउडन काउन्टीका सभापति ईभान माक्बेथले नायिका थापाको अमेरिकामा स्वागत गर्नु भएको थियो भने डेमोक्र्याट पार्टी बारे नेपाली मुलका डेमोक्र्याट राजनीतिज्ञ हरि शर्माले प्रकास पार्नु भएको थियो । समारोहमा सभापति लोकनाथ तिवारीले डेमोक्र्याट पार्टी लाउडन काउन्टीका सभापति ईभान माक्बेथलाई एक हजार १ डलर जेफर्सन ज्याक्सन  रात्री भोजको लागि सौजन्य स्वरुप प्रदान गर्नु भएको थियो । समारोहमा घरे कबाबका संचालक, समाजसेवी तथा ब्यबसायी लोकनाथ तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

आजको प्रमुख समाचार