शान्ति र संविधान निर्माणमा ठोस निर्णय गर्न प्रमुख तीन दलको बैठक जारी

१७ चैत्र २०६८, शुक्रबार ०९:३१ मा प्रकाशित

काठमाडौ, १७ चैत । शान्ति प्रक्रिया र संविधान निर्माणको बारेमा ठोस सहमति गर्ने प्रयासस्वरुप प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ । आगामी जेठ १४ पछि संविधानसभाको म्याद थप्ने कानूनी बाटो सार्वोच्च अदालतको फैसलाले बन्द गरिदिएपछि दलहरु औपचारिक तथा अनौपचारिक छलफलमा सक्रिय भएका छन् । सिंहदरवारमा रहेको शान्ति मन्त्रालयमा जारी शीर्ष नेताहरुको बैठकमा माओवादी लडाकु समायोजन लगायत शान्ति प्रक्रिया र संविधान निर्माणको बारेमा ठोस सहमतिको प्रयास हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । नेपाली सेनामा समायोजन गर्दा माओवादी लडाकुलाई दिइने दर्जा, समायोजनको मापदण्डको बारेमा आज औपचारिक रुपमा सहमति गर्नेगरी प्रधानमन्त्रीको आह्वानमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्न लागेको हो । यसअघि लडाकु समायोजन, बिभिन्न आयोग गठनको बारेमा दलहरुबीच अनौपचारिक सहमति भइसकेको खबर सार्वजनिक भएको थियो । बिहान बस्ने शीर्ष नेताको बैठकमा ठोस सहमति भएमा दिउँसो बस्ने माओवादी लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको बैठकले लडाकु समायोजनको खाका तथा मापदण्ड सार्वजनिक गर्ने तयारी भएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले