राप्रपा नेपालद्वारा स्थानीय निकाय निर्वाचनको माग गर्दै धर्ना

२८ माघ २०६९, आईतवार २२:४३ मा प्रकाशित

रासस/ काठमाडौं, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सर्वपक्षीय सम्मेलन, स्वतन्त्र र तटस्थ चुनावी सरकार, संविधानसभासँगै स्थानीय निकायको चुनावको माग गर्दै काठमाडौंलगायत देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ। पार्टीका शीर्ष नेताहरुले सम्बन्धित गृह जिल्लाका प्रशासन कार्यलयमा धर्ना दिने कार्यक्रमअन्तर्गत पार्टी अध्यक्ष कमल थापाले मकवानपुर र सहअध्यक्ष पद्मसुन्दर लावतीले पाँचथरमा धर्ना दिए। 
पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्टले काठमाडौं र ललितपुरमा धर्नाको नेतृत्व गरेका थिए। सो कार्यक्रममा पार्टीका सहमहामन्त्री राजाराम श्रेष्ठ, विक्रमबहादुर थापा, वरिष्ठ केन्द्रीय सदस्य निरन्जन थापा, तारानाथ लुईंटेल, श्यामप्रसाद घिमिरेलगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो। पार्टीका वरिष्ठ नेता विष्टले गत जेठ १५ गते बसेको पार्टीको आकस्मिक बैठकले संविधान सभाको निष्पक्ष चुनावका लागि पूर्व प्रधानन्यायाधीश तथा बहालवाला प्रधानन्यायाधीशको अध्यक्षतामा चुनावी सरकार गठन गर्नुपर्ने भनी गरेको निर्णयलाई एमाओवादीको सातौं महाधिवेशनले अनुमोदन गरेकामा पार्टीले त्यसको स्वागत गरेको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार