प्रजातन्त्र सेनानी संघको अधिवेशन नवलपरासीमा हुने

२८ माघ २०६९, आईतवार २०:३६ मा प्रकाशित

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी फागुण ७, ८ र ९ गते नवलपरासीको गैंडाकोटमा हुने भएको छ । महाधिवेशनको तयारीका लागि तिलकप्रसाद सापकोटको संयोजकत्वमा १ सय ५१ सदस्यीय महाधिवेशन तयारी समिति गठन गरिएको संघले जनाएको छ ।
गैंडाकोटको कालिका संस्कृत विद्यापिठमा हुने महाधिवेशनकोको उद्घाटन पार्टी सभापति सुशील कोइरालाले गर्ने, प्रजातान्त्रिक योद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम पनि संघले तयार गरेको छ ।
संघले अहिलेसम्म ५५ जिल्लाको अधिवेशन सम्पन्न भएको र माघ महिनाभित्र बाँकी जिल्लाको अधिवेशनसमेत सम्पन्न गर्ने कार्य योजनासहित महाधिवेशनको लागि स्मारिका प्रकाशन, आवास, यातायात, मञ्च ब्यवस्थापन, आर्थिक ब्यवस्थापन, भोजन, प्रचार प्रसार, दस्तावेज लेखन, विधान संसोधन सहित १४ बटा उपसमिति गठन गरेको छ ।
महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बालकृष्ण दाहालले प्रजातन्त्र स्थापनाको लागि लडेका योद्धाहरुलाई राज्यले उचित सम्मान गर्न नसके प्रजातन्त्र कमजोर हुने भन्दै महाधिवेशनबाट संघ अझै सशक्त भएर आउने दावी गरे । प्रजातन्त्र सेनानी सम्बरराज पाण्डेले प्रजातन्त्र सेनानीहरुलाई अहिलेसम्म राज्यले सम्मान गर्न नसकेको भन्दै उचित सम्मान गर्न नसकेसम्म प्रजातन्त्र सुदृढ हुनै नसक्ने बताए । उनले आफहरु लोकतन्त्र, समाजबाद र समानताको लागि लडेको उल्लेख गर्दै नेपालमा समाजबादी संविधान बन्नु पर्ने धारणा राखे ।
प्रजातन्त्रमा दलहरुको नेतृत्व हुने भन्दै प्रधानन्यायधिसको नेतृत्वमा सरकार बनाए सम्पूर्ण दलहरु असफल भएको पुष्टि हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट