चरेस तस्करीमा महिलाको गिरोह, ५६ किलो चरेससहित पाँच पक्राउ

२८ माघ २०६९, आईतवार २०:३० मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २८ माघ । अवैध लागुऔषध चरेस ओसारपसारमा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले रुपन्देहीको बुटवलबाट पक्राउ गरी सार्वजनिक गरेको छ । ५६ किलो चरेससहित पक्राउ पर्नेमा चार महिला रहेका छन् । ईलाका प्रहरी र्कायालय बुटवलले दिएको जानकारीअनुसार रोल्पा थवाङ ५ की २८ वर्षिया सावित्री बुढा, बाग्लुङ्ग कटेनी १ पुरानो गाउँकी ५५ वर्षिया जुम्ली श्रीस, सोही स्थानकी ५४ वर्षिया हिरा पुन, बाग्लुङ्ग पाडोखानी १ की ३३ वर्षिय रिमवहादुर क्षेत्री र रोल्पा हरजङकी ३२ वर्षिया भावना गुरुङ्ग तस्करीमा संलग्न रहेका हुन् ।
चरेसलाई पोका बनाई झोलामा राखेर बाग्लुङ्गबाट बुटवल हुँदै कपिलवस्तुको चन्द्रौटादेखि भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटबलका प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत