दुई छोरीको हत्या गरी महिलाद्वारा आत्महत्या

२८ माघ २०६९, आईतवार २०:१६ मा प्रकाशित

काठमाडौं, २८ माघ । नेपाली समाजमा बढ्दै गएको निराशालाई थप प्रस्ट्याउँदै कैलालीमा एक महिलाले दर्दनाक ढंगबाट आत्महत्या गरेकी छिन् । आफ्ना दुई सन्तानहरुको हत्या गरिकन आफूले आत्महत्या गरेकीले घटना बढी कारुणिाक बन्न पुगेको हो ।
प्रहरीले जनाएअनुसार कैलाली जिल्ला जोशीपुर गाविसको बन्जरिया जंगलमा स्थानीय लक्ष्मी चौधरीको शव भेटिएको छ । घटनाको प्रकृतिअनुसार आफ्ना दुई छोरीहरुको हत्या गरेर ३५ वर्षिया लक्ष्मीले आत्महत्या गरेको देखिएको बताइएको छ ।
प्रहरीले जनाएअनुसार जानकीनगर गाविस ५ खगौली निवासी चौधरीले आफनी ११ बर्षीया छोरी बिष्णु चौधरी र ५ बर्षीया बिन्दुलाई बिषादी सेवन गराई हत्या गरेकी हुन् । त्यसपछि आफूले झुण्डिएर आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।  मृतक चौधरीको शव खयरको हागामा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको  शरिरमा रहेको १३ हजार नगद रकम समेत भेटिएको प्रहरीले जनाएको छ । बिगत १ महिना देखि मानसिक सन्तुलन गुमाएका श्रीमानको उपचार गराउँदै आएकी लक्ष्मीलाई श्रीमानको अवस्था बारे मानसिक दवाव पर्दै गएको बुझिएको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।