५६ किलो चरेस सहित ५ पक्राउ

२८ माघ २०६९, आईतवार १९:३४ मा प्रकाशित

रुपन्देही, २८ माघ । अवैध लागु औषध ५६ किलो चरेस ओसार पसारमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले रुपन्देहीको बुटवलबाट पक्राउ गरि र्सावजनिक गरेको छ । पक्राउ पर्नेमा ४ जना महिला रहेका छन । ईलाका प्रहरी र्कायालय बुटवलले आइतवार पत्रकार सम्मेलन गरी रोल्पा थवाङ ५ की २८ वर्षिया सावित्री बुढा, बाग्लुङ्ग कटेनी १ पुरानो गाउँकी ५५ वर्षिया जुम्ली श्रीस, सोही स्थानकी ५४ वर्षिया हिरा पुन, बाग्लुङ्ग पाडो खानी १ की ३३ वर्षिया रिम वहादुर क्षेत्र र रोल्पा हरजङकी ३२ वर्षिया भावना गुरुङ्गलाई र्सावजनिक गरेको छ । चरेसलाई पोका बनाई झोलामा राखेर बाग्लुङ्गबाट बुटवल हुँदै कपिलवस्तुको चन्द्रौटादेखि भारतर्तफ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बुटबलका प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो । पक्राउ परेका मध्ये सावित्री बुढा र भावना गुरुङ्ग लागु औषध ओसार पसारका नाईके रहेको र अरुलाई भरियाका रुपमा प्रयोग गरिएको प्रहरीले बताएको छ पक्राउ परेकाहरुलाई लागुऔषध ओसार पसार ऐन अनर््तगत मुद्दा दायर गरिएको र थप अनुसन्धान अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०