गोलमेचबाट समाधान नखोजे सडकबाटै संविधान: वैद्य

२८ माघ २०६९, आईतवार १९:३२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही २८ माघ । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले राजनीतिक गतिरोधको उपयुक्त निकास सर्वपक्षीय गोलमेच सभा भएको दोहोर्याउदै अन्य विकल्प आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन् । उनले गोलमेच सभाबाट समाधान नखोजिए सडक संघर्षबाटै संविधान घोषणा गर्ने चेतावनी समेत दिए । क्रान्तिकारी पत्रकार महासंघ अवध राज्य समितिले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले चार वर्षमा पनि संविधान बनाउन नसकेर असफल भएका ठुला दलका तीन–चार जना नेताले मात्रै गर्ने सहमतिले मुलुकलाई निकास नदिने दावी गरे । वैद्यले गोलमेच सभामार्फत राष्ट्रियता,जनतन्त्र र जनजिविकाका मुद्दालाई सही ढंगले सम्बोधन नगरे आफ्नो पार्टीले फेरि हतियार उठाउने चेतावनी समेत दिए ।‘जनताका समस्या हल भए कसैले पनि बन्दुक उठाउंदैन,नभए हतियार आफै उठ्छ, कसैले रोकेर रोकिन्न’ अध्यक्ष वैद्यले भने– ‘यसअघि पनि हतियार सबैले उठाएकै हुन् ।’ राष्ट्रियता,जनतन्त्र र जनजिविकाका मुद्दालाई लिएर आफ्नो पार्टीले जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गतेदेखि चरणवद्ध आन्दोलनमा जाने जानकारी गराउदै अध्यक्ष वैद्यले संविधान बन्ने ग्यारेन्टी नभएसम्म चुनाव गर्नुको औचित्य नहुने तर्क गरे । ‘यसअघि जस्तै फेरि पनि संविधानसभाबाट संविधान नबन्न सक्छ,त्यसैले चुनावमा जानुअघि दलहरुबीच संविधानका मुलभुत विवादमा सहमति हुनुपर्छ।’ राष्ट्रपतिको मुख ताकेर कांग्रेस एमाले सहितका विपक्षी दलहरुको अहिले गरेको आन्दोलनले बाबुराम भट्टराईले सरकार नछाड्ने दावी गर्दै वैद्यले सरकारमा गएर के गर्ने भन्ने स्पष्ट खाका विना आन्दोलनलाई जनताले साथ नदिने ठोकुवा गरे । बाबुरामलाई हटाउन विपक्षीहरुले गरेको आन्दोलनमा आफुहरुको नैतिक समर्थन रहेपनि उनीहरुसंगै आन्दोलनमा नजाने स्पष्ट पारे ।एकीकृत माओवादीले जनवादी क्रान्ति र राष्ट्रियताको मुद्दालाई छाडेकाले ऊसंग पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै एमाओवादी नेतृत्वले गल्ती स्वीकार गरेर आएमा कार्यगत एकताका लागि सोच्न सकिने बताए । राष्टियताको मुद्दा अहिले निकै कमजोर भएको उल्लेख गर्दै वैद्यले एकीकृत माओवादीले कांग्रेस एमालेले भन्दा दोब्बर बढी राष्ट्रघात गरेको आरोप लगाए । राष्ट्रपतिले संविधानसभा विघटन भैसकेपछि यो सरकारलाई वर्खास्त गर्नुपर्नेमा कामचलाउको मान्यता दिनु र पटक पटक सहमपितका लागि म्यादथप्नु दुबै काम गलत भएको वैद्यले टिप्पणी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत