दलालको पञ्जाबाट युवतीको उद्दार

२८ माघ २०६९, आईतवार ११:४५ मा प्रकाशित

काठमाडौं, २८ माघ । दलालको फकाइफुल्याइमा परेर भारतमा बेचिन लागेकी कपिलवस्तुकी एक युवतीको उद्धार भएको छ । प्रसस्त धन, सुकिला कपडा लगाउने र ठूलो सहर घुम्न पाउने आशामा दलालको फन्दामा परेकी शिवपुर–७ की युवती बेचिनबाट जोगिएकी हुन् । उनलाई वीरपुर–७ का देवबहादुर विकले ललाइफकाइ भारतमा लैजान लागेको अवस्थामा शान्ति तथा पुनस्स्थापना गृह कृष्णनगरले उद्धार गरेको हो । कृष्णनगरको लिंक गेटबाट भारत जाँदै गरेका बेला शंका लागेर सोधपुछ गर्दा अभियुक्त फरार भएको गृहका संयोजक भूमिराज भट्टराईले बताए । उद्धार गरिएकी युवतीलाई परिवारको जिम्मा लगाइएको छ । 
यसैबीच हात्तीपाइलेविरुद्धको औषधिले कपिलवस्तुमा एक बालिका सिकिस्त बिरामी परेकी छन् । चनइ–९ मदवाकी ८ वर्षीया सिर्जना कुमाल औषधिपछि बिरामी परेकी हुन् । साधारण अवस्थाकी कुमाल हात्तीपाइलेविरुद्धको औषधि खाएपछि एकोहोरो रूपमा पखाला र वान्ताले सिकिस्त बिरामी परेको बाबु जितबहादुरले बताए ।
मदवा पुगेका उपस्वास्थ्य चौकी प्रमुख प्रमोद ज्ञवाली र स्वयंसेविकाले बालिकालाई औषधि खुवाएका थिए । औषधि खुवाउनुपूर्व जुकाको औषधि नखुवाएपछि यस्तो समस्या भएको हुनसक्ने अनुमान गरिएको छ । औषधि खाएपछि सिकिस्त बनेकी बालिकालाई जिल्ला स्वास्थ्य कार्यालयबाट आएको विशेषज्ञको टोलीले सदरमुकाममा ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।