दलका नेताहरुले आज फेरि राष्ट्रपति भेट्ने, निकासको सम्भावना भने शून्य

२८ माघ २०६९, आईतवार ११:३५ मा प्रकाशित

काठमाडौं, २८ माघ । एमाओवादीका अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघिसारेको र प्रधानमन्त्रीमा सभापति सुशील कोइरालाको विकल्प खोज्ने पक्षमा कांग्रेस पुगिनसकेको परिवेशबीच शनिबार राष्ट्रपति रामवरण यादवसँग भेट गरेका राजनीतिक दलका शीर्ष नेताहरुले आज सोमबार साँझसम्ममा फेरि राष्ट्रपतिसँग छलफल गर्ने भएका छन् । राष्ट्रपति यादवले शनिबारको भेटमा आगामी फागुनको पहिलो साताभित्रै सहमतिको नयाँ सरकार गठन गरेर जेठभित्र निर्वाचन गर्नुपर्ने धारणा नेताहरुबीच राखेपछि नेताहरुबीच राजनीतिक सरगर्मी बढेको बुझिएको छ । छलफलका क्रममा दुई दिनभित्रै प्रधानमन्त्रीको नाम उपलब्ध गराउन पटकपटक आग्रह गरेका राष्ट्रपतिले दलीय सहमति जुट्न नसके आफूले कस्तो कदम चाल्नुपर्ने हो त्यो सुझाउन पनि नेताहरसँग आग्रह गरेृका थिए । माओवादी अध्यक्ष दाहालले दलीय सहमति जुट्न नसके दलहरुले प्रधानमन्त्रीका लागि चारजनाको नाम राष्ट्रपतिलाई दिने र त्यसमध्येबाट प्रधानमन्त्री छान्न आग्रह गर्ने जनाउ दिएका थिए। त्यसलाई अस्वीकार गर्दै उनले लिखित रुपमा एकजनाको मात्र नाम दिन सुझाएका थिए। 
राष्ट्रपतिले फागुन ७ भित्र नयाँ सरकार गठन भए जेठ १५ भित्र निर्वाचन गराउन सकिने नेताहरुलाई स्मरण गराएको स्रोतको भनाई छ ।
राष्ट्रपतिलाई भेट्न जानुअघि कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच छलफल भएको थियो। कोइराला निवासमा साँझ भएको छलफलमा उनीहरुले प्रधानमन्त्रीको विकल्पको विषयमा छलफल गर्नुअघि बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट राजीनामा गर्नुपर्ने निष्कर्ष निकालेका थिए। त्यसअघि शनिबार नै बसेको कांग्रेस पदाधिकारीको बैठकले पनि भट्टराईको राजीनामापछि मात्र विकल्पका विषयमा छलफल थाल्न सकिने निष्कर्ष निकालेको थियो। यस अवस्थामा राजनीतिक निकासको सम्भावना अझै नदेखिएको विश्लेषकहरुको दाबी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको